Technology Khabar २० असार २०७९, सोमबार
काठमाडौं ।
टीभी बिनाको बैठक कोठा अधुरो हुन्छ। स्मार्ट टीभी बैठक कोठाको शानको रुपमा रहने गरेको छ।
बजारमा विभिन्न ब्राण्डका स्मार्ट टीभी उपलब्ध छन्। टीभी खरिदका लागि ग्राहकसँगै धेरै विकल्प छन्। सबै ब्राण्डका आ-आफ्नै विशेषता हुन्छन्। हेर्दा सबै ब्राण्ड राम्रा र आकर्षक देखिन्छन्।
जसले गर्दा टीभी खरिद गर्ने समयमा ग्राहकमा भ्रम पैदा हुने गर्छ। यस्तोमा कस्तो टीभी खरिद गर्ने, महँगो स्मार्ट टीभी किन्ने कि धेरै फिचर भएको सस्तो टीभी छनोट गर्ने?
स्मार्ट टीभी खरिद गर्नुअघि केही कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ।
बजेट र समयावधि
स्मार्ट टीभी खरिद गर्नुअघि बजेट र समयावधि ख्याल गर्नुपर्ने हुन्छ। यदि तपाईँ ५ देखि १० वर्षका लागि स्मार्ट टीभी खरिद गर्न चाहनुहुन्छ भने महँगो ब्राण्डको स्मार्ट टीभी उपयुक्त हुन्छ। जसले लामो वारेन्टी र सेक्युरिटी अपडेट दिइरहन्छ।
२, ४ वर्षका लागि टीभी किन्न चाहनुहुन्छ भने नयाँ प्रविधिको र सस्तो टीभी उत्कृष्ट विकल्प हुन सक्छ।
रेजोल्युशन
स्मार्ट टीभी खरिद गर्नुअघि रेजोल्युशनको जानकारी लिन आवश्यक हुन्छ। रेजोल्युशन भनेको स्क्रीनको क्वालिटी हो। हाल फोर के र एफएचडी रेजोल्युशन टीभी प्रतिको आकर्षण बढ्दो छ।
यदि तपाईँसँग बजेट कम छ भने फुल एचडी स्मार्ट टीभी किन्नुपर्छ। बजेट पर्याप्त छ भने फोरके टीभी राम्रो हुन्छ। फोरके प्रविधिमा ४०९६/२१६० पिक्सेल हुन्छ। एफएचडीमा १९२०/१०८० पिक्सेल पाउन सकिन्छ।
टीभीको साइज
टीभीको साइजले धेरैलाई भ्रमित पार्ने गरेको छ। घरका लागि कत्रो साइजको स्मार्ट टीभी खरिद गर्ने भनेर धेरैलाई निर्णय लिन कठिन भइरहेको हुन्छ।
यस्तोमा तपाईँले सबैभन्दा पहिला ख्याल गर्ने भनेको टीभी राख्ने स्थान कत्रो छ भनेर हो। त्यस हिसाबमा टीभी खरिद गर्नु पर्छ।
बजारमा ३ साइज २४ देखि ३२ इन्च, ४० देखि ४३ इन्च र ५० देखि ५५ इन्चको स्मार्ट टीभी धेरै बिक्री हुन्छ।
आँखालाई कम क्षति गर्ने टीभी किन्ने
तपाईँले खरिद गर्ने टीभीले आँखालाई कमभन्दा कम क्षति गर्ने हुनुपर्छ। बजारमा उपलब्ध केही टीभी धेरै समय हेर्दा आँखा दुख्ने लगायतको समस्या आउने गरेको छ।
टीभीको स्क्रीनको प्रकार एलईडी, एलसीडी र ओएलईडी लगायत हुन्छन्। एलईडी र एलसीडी स्क्रिनमा धेरै ब्राइटनेस हुन्छ। जसले आँखा खराब बनाउन सक्छ। ओएलइडी स्क्रीनमा कन्ट्रान्स राम्रो हुन्छ।
एप र कनेक्टिभिटी
स्मार्ट टीभीमा एपहरु हुन्छन्। स्मार्ट टीभी खरिद गर्नुअघि कति वटा एप छन् भनेर बुझ्नु पर्ने हुन्छ।
साथै एप स्टोरबाट कति वटा एप इन्स्टल गर्न सकिन्छ र कति वटा एप निःशुल्क छ, यस्तै कनेक्टिभिटीका लागि कति वटा सपोर्ट दिइएको छ भन्ने पक्का गर्नुपर्छ।
यसबाहेक स्मार्ट टीभी खरिद गर्नुअघि र्याम, रोमका साथै प्रोसेसर र अपरेटिङ सिस्टममा पनि ध्यान दिनुपर्ने हुन्छ।
एजेन्सीको सहयोगमा
प्रकाशित: २० असार २०७९, सोमबार