विज्ञापन बोर्डको अनुमतिबिना सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक

  • Technology Khabar | १९ असार २०७९, आईतवार
विज्ञापन बोर्डको अनुमतिबिना सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक

काठमाडौं ।

सरकारले विज्ञापन क्षेत्रलाई नियमन गर्नेगरी आचारसंहिता लागू गरेको छ।हालै विज्ञापन बोर्डले तयार पारेको ‘विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता’ जारी गर्दै सामाजिक सञ्जालबाट हुने विज्ञापनहरुमा समेत नियमन गर्ने भएको छ।

सो आचारसंहिताले विज्ञापन बोर्डबाट पूर्व स्वीकृति नलिई सामाजिक सञ्जालहरुमा विज्ञापन गर्नसमेत रोक लगाएको छ।

सो आचारसंहिताको दफा २१ मा सामाजिक सञ्जालमार्फत विज्ञापन सम्प्रेषण गर्ने व्यक्तिले पालना गर्नुपर्ने आचरण बारे उल्लेख रहेको छ। जसअनुसार ‘बोर्डको पूर्व अनुमतिबिना इन्टनेटमा आधारित माध्यमबाट विज्ञापन गरी विदेशी मुद्रा विदेश पठाउनु हुँदैन्,’ भन्ने उल्लेख छ।

लागू भएको विज्ञापन आचारसंहिताले विज्ञापन प्राप्त गर्ने व्यक्तिको मन्जुरीबिना कसैले पनि सामाजिक सञ्जाल मोबाइल एप्स वा अन्य कुनै प्रकारका एप्समार्फत विज्ञापन पठाउन नहुने व्यवस्था गरेको छ।

यस्तै सामाजिक संजालमा प्रचलित कानूनले रोक लगाएका वा आचारसंहिता विपरितका विज्ञापन तथा सूचना प्रकाशन वा प्रशारण गर्न गराउन नहुने गरी रोक लगाईएको छ।

सामाजिक संजाल प्रयोगकर्ताले आफ्नो वास्तविक परिचय लुकाई वा सामाजिक संजाल प्रयोगको नक्कली आईडी निर्माण गरी वा अर्को व्यक्तिको आईडीको अनधिकृत प्रयोग गरी कुनै प्रकारका विज्ञापन गर्न नपाईने उल्लेख छ।

यसका साथै अनुमति नलिई सामाजिक संजालमा विज्ञापन प्रकाशन, प्रसारण तथा वितरण गर्न वा गराउन तथा त्यस्ता विज्ञापन सामाग्रीलाई शेयर गर्न वा संप्रेषण गर्न नहुने गरी रोक लगाईएको छ।

यसैगरी दूरसञ्चार सेवा प्रदायकहरुलाई आफ्नो नेटवर्कबाट अनावश्यक विज्ञापन दिन प्रतिबन्ध लगाएको छ। विज्ञापन आचारसंहिता मार्फत दूरसञ्चार सेवा प्रदायकहरुलाई आफ्नो नेटवर्कमा सार्वजनिक हित तथा लोककल्याणकारी बाहेकको विज्ञापन पठाउन नपाईने बनाएको छ।

आचारसंहिताको दफा २२ मा दूरसञ्चार सेवा प्रदायकको आचारणअन्तरगत दूरसञ्चार सेवा प्रदायकले सार्वजनिक हित तथा लोककल्याणकारी विज्ञापन बाहेकका विज्ञापन आफ्नो नेटवर्कमा पठाउन नहुने उल्लेख गरेको छ।

तर आफ्ना उत्पादन तथा सेवा सम्बन्धी विषयमा जानकारी दिन र कुनै जनसरोकारको विषयमा तत्काल सर्वसाधारणलाई सूचना नदिँदा जनधनको क्षति वा हानि, नोक्सानी वा असुबिधा हुने अवस्था भएमा त्यस्तो सूचना सम्प्रेषण गर्न कुनै बाधा नपर्ने आचारसंहितामा लेखिएको छ।

यस बाहेक जारी भएको विज्ञापन आचारसंहिताले बालबालिकालाई विद्युतीय खेलको बारेमा विज्ञापन गर्न गराउन नहुने उल्लेख छ भने जुवा तास खेलाउने वा अनलाईनमार्फत बाजी लगाउने वा अन्य कुनै गैरकानूनी क्रियाकलापमा प्रोत्साहन गर्ने विज्ञापन पनि उत्पादन तथा प्रकाशनका कार्यहरु गर्न रोक लगाएको छ।
यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन आचारसंहिता एक हप्ताभित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्। विज्ञापन बोर्डले आईतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक हप्ताभित्र अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।
बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन क्षेत्रमा देखिएका सबैखालका विकृति, विसंगतिको अन्त्य गर्दै विज्ञापन व्यवसायमा आवद्ध सबैलाई जिम्मेवार बनाउने उद्देश्यकासाथ आचारसंहिता निर्माण गरी लागू गरिएको बताए।
यस्तो छ लागू भएको आचारसंहिता-

प्रकाशित: १९ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...