काठमाडौं ।
मेटाले नोभी पाइलट सेप्टेबर १ देखि बन्द गर्ने घोषणा गरेको छ।
नोभी मनी ट्रान्सफर सेवा हो जसलाई मेटाले आफ्नै क्रिप्टोकरेन्सी डिजिटल वालेटको रुपमा प्रयोग गर्दै आइरहेको थियो।
यसले मेटाभर्स र अन्य उत्पादनहरुमा नोभी सम्बन्धित प्रविधिहरु लागू गर्दछ। मेटाको क्रिप्टोकरेन्सी परियोजना विगतमा अमेरिकी कांग्रेसको आक्रमणबाट प्रभावित भएको छ।
अहिले कम्पनीले बाँकी परियोजना बन्द गर्ने साहसी कदम चालेको गिगचाइनाले उल्लेख गरेको छ।
मेटाले आफ्नो अगामी उत्पादनमा नोभी प्रविधिको उपयोग गर्ने छैन। मेटाका अनुसार नोभी एप र ह्वाट्सएपमा रहेको नोभी अब उपलब्ध हुने छैन। जुलाई २१ देखि प्रयोगकर्ताहरुले नोभी एकाउन्टमा रकम थप गर्न पाउँदैनन्।
कम्पनीले प्रयोगकर्तालाई यथाशीघ्र रकम झिक्न अनुरोध गरेको छ।
परीक्षण अवधिपछि प्रयोगकर्ताहरुले आफ्नो ट्रान्ज्याक्सन हिस्ट्री र अन्य डाटामा पहुँच राख्ने छैनन्।
गत अक्टोबरमा मेटाले क्रिप्टो रेमिटेन्स स्पेसमा नोभी पाइलट लन्च गरेको थियो।
प्रकाशित: १९ असार २०७९, आईतवार