काठमाडौं ।
हालै एफबीआईले मोस्ट वाण्टेड सूचीमा राखेकी क्रिप्टोक्वीनको झण्डै डेढ करोड पाउण्ड बराबरको पेण्टहाउस भेटिएको छ।
जर्मनीका सम्पत्ति शुद्धीकरणको सुनुवाई चल्दै गर्दा क्रिप्टोकरेन्सी स्क्यामर डा. रुजा इग्नातोभाले लण्डनमा विलासी पेण्टहाउस खरिद गरेको पत्ता लागेको छ।
हालै उक्त स्क्यामका बारेमा पडकास्ट गरिरहेकाहरुले उनको उक्त पेण्टहाउसका बारेमा यस्तो तथ्य पत्ता लगाएका छन्:
केन्शिङ्टनमा रहेको एबट्स हाउस अपार्टमेन्टका एक पूर्व कामदारले सन् २०१६ मा रुजालाई बुल्गेरियाली अंगरक्षकहरुसहित फर्किरहेको बेला भेटेका थिए। ती कामदारको छद्म नाम जेम्स उल्लेख गरिएको छ।
‘ती दुई बिचराहरु पिठ्यूँभरी भारी लादिएका गधा झैं भएर सास फेर्न पनि गाह्रो भएको अवस्थामा उनको पछिपछि आइरहेका थिए, ती दुवैले कम्तीमा २०-२० ओटा झोला बोकेका थिए’, ती कामदारले भने।

रुजाले पैसको कुनै पर्वाह नभए झैं डिजाइनर स्तरका जिम्मी चू, प्रादा तथा क्याल्भिन क्लेइन लगायतका ब्राण्डका सामान प्रयोग गर्दै आइरहेकी बीबीसीले जनाएको छ।
त्यसपछि ती कर्मचारीले उनको स्वीमिङ पुलसहितको ४ बेडरुमयुक्त पेन्टहाउस फ्ल्याटको नीरिक्षण गरेका थिए।
‘उनको दराजमा एण्डी वारहलको पेण्टिङलगायतका सामान थिए र म कलाको विद्यार्थी भएकाले यसले मेरो मन छोएको थियो’, पूर्व प्रहरीसमेत रहेका ती कर्मचारीले बेलिबिस्तार लगाए।
उनले फायरप्लेरसको माथपट्टि एलिजाबेथ टेलर, वारहल, रेड लेनिनलगायतका कला टाँगिएको पनि बताए। अर्को रिसेप्सनमा रहेको सोफाको बायाँपट्टि माइकल मोबियसको प्रिण्ट गरिएको क्वीन बबलगम नामक चित्र टाँगिएको थियो जसमा रानी एलिजाबेथ बबलगम फुलाउँदै गरेको देखिन्थ्यो।
एक जासूसले पछि उक्त फ्ल्याटमा ५ लाख पाउण्ड बराबरको कला रहेको र यो लण्डनको हाल्स्योन ग्यालरीबाट ल्याइएको आकलन गरेका थिए।
रुजाले आफ्ना शंकास्पद धनलाई बिना रोकावट सजिलै यताउता लैजान सकिने सम्पत्तिमा परिणत गरिरहेको जेम्सले बताए।
१७ सेप्टेम्बरमा रुजाका जर्मन वकिल मार्टिन ब्रेडनब्याच पनि लण्डनको ल फर्ममा २ करोड पाउण्ड बराबरको विलासी सम्पत्ति खरिद गरेकोसम्बन्धी मुद्दामा मन्सटरमा बयान दिएर आएका थिए।
उनीबाहेक अन्य दुई जना पनि रुजाको ४ अर्ब यूरो स्क्यामबाट लाखौं यूरो ओसारपसार गरेको आरोपमा निगरानीमा रहेका छन्। उक्त स्क्याममा अस्तित्वमै नभएको वनक्वाइनको कारोबार गरेको रुजामाथि आरोप छ।
सम्बन्धित समाचार
हराइरहेकी ‘क्रिप्टोक्वीन’ एफबीआईको मोस्ट वान्टेड सूचीमा
प्रकाशित: १९ असार २०७९, आईतवार