आर्टिमिस १ चन्द्रयान प्रक्षेपण सेप्टेम्बरको शुरुमा गर्ने नासाको लक्ष्य

  • Technology Khabar | १९ असार २०७९, आईतवार

काठमाडौं ।

नासाले आर्टिमिस १ चन्द्रयानको प्रक्षेपण आगामी सेप्टेम्बरको शुरुवातमा गर्ने भएको छ।

नियोगले यसअघि गत जुन २० तारिखका दिन उक्त यानलाई बोकेर अन्तरिक्षमा लैजाने एसएलएस रकेटको वेट ड्रेस रिहर्सल अन्तर्गत सफलतापूर्वक इन्धनको परीक्षण गरेको थियो।

आर्स टेक्निकासँगको एउटा अन्तर्वार्तामा नासाको एक्स्प्लोरेशन सिस्टम डेभलपमेन्ट प्रोग्रामका एसोसियट प्रशासक जिम फ्रीले नासाले आगामी अगस्ट २३ देखि सेप्टेम्बर ६ भित्र आर्टिमिस १ यान प्रक्षेपणको तयारी भइरहेको बताए।

‘हामी यो समयलाई लक्षित गरिरहेका छौं’, उनले भने, ‘यो समयलाई लक्षित गरिएन भने हामी मूर्ख ठहरिनेछौं। हामीले अघिल्लो हप्ता उल्लेख्य प्रगति गरेका छौं।’

नासाले हालै एसएलएसको जुलाई २६ देखि अगस्ट १० भित्र सफल परीक्षण गरेर आर्टिमिस १ प्रक्षेपण छिटोमा अगस्तको अन्तिम हप्तादेखि सेप्टेम्बरको पहिलो हप्ताभित्र मात्र गर्न सकिने बताएको इन्ग्याजेटले जनाएको छ।

प्रक्षेपणअघि प्राविधिकले एसएलएस रकेटको अन्तिम तयारी गर्नुपर्ने हुन्छ जसमा यसअघि आएको हाइड्रोजन लीक हुने समस्या समाधान लगायतका पर्छन्।

प्रकाशित: १९ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार