फर्मुला रेसिङमा इलेक्ट्रिक कार

  • Technology Khabar | १९ असार २०७९, आईतवार

काठमाडौं ।

फर्मुला रेसिङमा इलेक्ट्रिक कारको प्रयोग हुने भएको छ। फर्मुला ईको जेन३मा अल इलेक्ट्रिक कारले रेस डेब्यू सन् २०२३ जनवरी १४ मेक्सिको सिटीमा गर्ने भएको इन्ग्याजेटले उल्लेख गरेको छ।

द फेडरेसन इन्टरनेसनल डे ल अटोमोबाइल (एफआईए) ले गत बुधबार फर्मुला ईको आगामी नवौं सत्रको लागि प्रारम्भिक तालिका घोषणा गरेको हो।

जनवरीमा प्रतियोगिताको आधिकारिक शुरुवात हुनुअघि टिमसँग डिसेम्बरमा टेस्ट राइड गर्नका लागि ३ दिनको समय हुनेछ। उक्त टेस्ट राइड स्पेनको भ्यालेन्सियामा आयोजना हुनेछ।

प्रारम्भिक तालिका अनुसार फर्मुला ईले १८ रेस १३ शहरमा आयोजना गर्ने योजना बनाएको छ। यो सन् २०२२ को स्लेटभन्दा दुई थप प्रतियोगिता र ३ थप स्टप हो।

पहिलो पटक ई सर्किट भारतको हैदराबाद र ब्राजिलको साओपा‌ओलोमा हुनेछ।

जेन३ को अर्को वर्षको रेसिङ डेब्यू विगतको भन्दा रोमाञ्चक हुनेछ। कारहरु पहिलेकोभन्दा तीव्र हुनुका साथै फर्मुला ईले यसलाई अझ चुस्त रुपमा डिजाइन गरेको छ।

प्रकाशित: १९ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया