टेस्ला ४६८० सेलः नयाँ ब्याट्री बनाउन सामसङले पाइलट उत्पादन लाइन निर्माण गर्दै

  • Technology Khabar | १९ असार २०७९, आईतवार

काठमाडौं ।

सामसङ एसडीआईले टेस्लाको लागि ४६८० ब्याट्री सेल निर्माण गर्न नयाँ पाइलट उत्पादन लाइन स्थापना गरेको छ।

टेस्लालाई ठूलो परिमाणमा ब्याट्री सेल आपूर्ति गर्न चाहने सामसङ एसडीआई तेस्रो निर्माता हो।

कोरियाको द इलेकका अनुसार कोरियाली निर्माताले चेओनान प्लान्टमा नयाँ ब्याट्री सेल उत्पादन लाइन तयार गर्दैछ।

साथै सामसङ एसडीआईले बीएमडब्ल्यूका लागि समान तर केही सानो ब्याट्री सेलको उत्पादन परीक्षण गर्ने योजना बनाएको छ।

सामसङको नयाँ उत्पादन लाइनको क्षमता १ गिगावाट आवरभन्दा कम हुनेछ। यदि टेस्लाले कम्पनीबाट उत्पादित सबै ब्याट्री सेल खरिद गर्ने स्पष्ट पारेमा उत्पादन क्षमता बढाइने छ।

टेस्लाले आफ्नै ४६८० ब्याट्री सेल बनाउने योजना बनाएको थियो। तर अटो निर्माताहरुसँग सेलहरु उत्पादन गर्ने अनुभव कम छ र जसका कारण उत्पादन बढाउन पनि समस्या भइरहेको छ।

टेस्लाले आफ्नो नयाँ लाइनअप साइबर ट्रकमा प्रयोग हुने ४६८० ब्याट्री सेल स्थापित निर्माता तथा आफ्नै उत्पादन र आपूर्तिमा भर पर्ने योजना बनाएको छ।

पानासोनिकले अर्को वर्ष टेस्लाका लागि ठूलो परिमाणमा अत्याधुनिक ब्याट्री सेल उत्पादन गर्ने अपेक्षा गरिएको छ।

यस्तै, एलजी इनर्जी सोलुसनले हालै टेस्लाको ४६८० ब्याट्री सेल उत्पादन गर्न ४५० मिलियन अमेरिकी डलर लगानी गरेको छ।

सामसङले कहिले सम्म टेस्लाका लागि ब्याट्री उत्पादन गर्ने छ भन्ने समयावधि भने स्पष्ट छैन।

प्रकाशित: १९ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार