
काठमाडौं ।
अबका दुई वर्ष इन्टेलको भन्दा एएमडीका सर्भरको माग उच्च हुने आकलन गरिएको छ।
हालै डिजिटाइम्स रिसर्चको प्रतिवेदन अनुसार २०२३ र २०२४ मा एएमडीका सर्भरहरुको माग उच्च हुने साथै आर्मका सर्भरहरु २०२० को तुलनामा २०२४ मा तीन गुणा बढी माग हुनेछ।
एएमडीका सर्भरहरुको हिस्सा २०२४ मा हुने समग्र शिपमेन्टको १८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
यो आँकडा २०२० को तुलनामा १०.१ प्रतिशत तथा २०२३ को तुलनामा १६.३ प्रतिशतले बढी हो। यसको पछाडि क्लाउड डाटासेन्टर उद्योग तथा एचपीसी सर्भर बजारमा एएमडी प्लेटफर्मको मजबुत उपस्थितिलाई मानिएको छ।
क्लाउड डाटासेन्टर सञ्चालकहरुको कम्प्युटिङ सेवा विशेष रुपमा सिस्टमको भर्चुअल सीपीयूमा भर पर्ने भएकाले र एएमडीका प्रोसेसरमा रहेका धेरै कोरका कारण यिनीहरुले भर्चुअल सीपीयूसम्बद्ध सेवा प्रतिस्पर्धी कम्पनीका तुलनामा धेरै प्रदान गर्न सक्ने डिजिटाइम्सले उल्लेख गरेको छ।
प्रकाशित: १८ असार २०७९, शनिबार