
काठमाडौं ।
चिनियाँ कम्पनी टीसीएलले भारतमा हालै तीन ओटा स्मार्ट टीभी सार्वजनिक गरेको छ।
कम्पनीले रहेको सीएसओटी प्लान्टमा टीभी उत्पादन गरेर स्थानीय टीभी बजारको मुख्य हिस्सा बन्ने तथा भविष्यमा अन्य देशमा निर्यात पनि गर्ने उद्देश्य राखेको बुझिएको छ।
बिजनेस टुडे र पीटीआईका अनुसार टीसीएलले सार्वजनिक गरेका तीन टीभीमा न्यू जेनेरेशन मिनिएलईडी फोरके गुगल टीभी, गेमिङ क्यूएलईडी फोरके टीभी तथा फोरके एचडीआर गुगल टीभी रहेका छन्।
रिपोर्टहरुका अनुसार भारतको समग्र टीभी बजार २०२२ मा १ करोड थान हुने र त्यसमा टीसीएलले ७ प्रतिशत आफूले ओगट्ने दावी गरेको छ।
स्मार्ट टीभीका हकमा टीसीएलले २०२२ को अन्त्यसम्म हाल १२ प्रतिशत बजार हिस्सासहित तेस्रो नम्बरमा रहेको सोनीलाई प्रतिस्थापन गर्ने लक्ष्य लिएको डिजिटाइम्सले उल्लेख गरेको छ।
भारत आन्ध्र प्रदेशको तिरुपतिमा रहेको टीसीएल सीएसओटी प्लान्टबाट यसै वर्षको शुरुवातमा व्यापक उत्पादन शुरु गरिएको हो। प्यान्डेलीका अनुसार उक्त प्लान्ट २०१९ मा बनेको थियो भने पहिलो ब्याचको उत्पादन सामसङ इलेक्ट्रोनिक्सका लागि यसै वर्ष आपूर्ति गरेको थियो।
प्रकाशित: १८ असार २०७९, शनिबार