प्रदेश १ मा मोबाइल सेवाको गुणस्तर: भ्वाइसमा सबै सेवा प्रदायक कमजोर

  • Technology Khabar | १७ असार २०७९, शुक्रबार
प्रदेश १ मा मोबाइल सेवाको गुणस्तर: भ्वाइसमा सबै सेवा प्रदायक कमजोर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणकले हालै मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) को प्रतिवेदन सार्वजनिक गरेको छ।

उक्त ड्राइभ टेस्ट प्रदेश १ को विराटनगर, विर्तामोड  र इलाम, २ का जनकपुर, लहान र बिरगञ्ज तथा गण्डकी प्रदेशका गोर्खा, दमौली र कास्कीमा गरिएको थियो।

२०२१ डिसेम्बर २८ देखि २०२२ अप्रिल ११ सम्म गरिएको उक्त परीक्षणमा भ्वाइस र एसएमएस, डाटा पिङ, डाटा अपलोड/डाउनलोड, एमओएस, २जी कभरेज, ३जी कभरेज र ४जी कभरेजको अध्ययन भएको दूरसञ्चार प्राधिकरणले उल्लेख गरेको छ।

प्रदेश १:

नेपाल टेलिकमएनसेलस्मार्ट टेलिकममापदण्ड
कल सेटअप सक्सेस रेट९६.१८९२.५७७२९९%
कल ड्रप रेट०.४८८.४१०.७४२%

प्राधिकरणले तोकेको भ्वाइस सेवाको गुणस्तरका कल सेटअप सक्सेस रेट तथा कल ड्रप रेटको मानकमध्ये नेपाल टेलिकम, एनसेल तथा स्मार्ट टेलिकममध्ये कुनैले पनि तोकिएको मापदण्ड पूरा गर्न सकेका छैनन्।

यस हिसाबले हेर्दा प्रदेश १ मा मोबाइल सेवाको भ्वाइसको गुणस्तर कमजोर पाइएको छ।

यसअघि सरकारले काठमाडौं उपत्यकामा मोबाइल सेवाको गुणस्तर परीक्षण ड्राइभ टेस्ट गराएकामा लगभग सबै दूरसञ्चार सेवा प्रदायकको सेवाको गुणस्तर मापदण्डभन्दा तल नै रहेको पाइएको थियो।

प्रकाशित: १७ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार