
काठमाडौं ।
बिटक्वाइनको मूल्य बिहीबार ६.१ प्रतिशतले घटेर १८ हजार ८६६.७७ डलरमा आइपुगेको छ।
क्रिप्टोकरेन्सी बजारका थुप्रै खेलाडीहरुले अप्ठेरो भोगिरहेका बेला यसरी मूल्यमा अझ गिरावट आएपछि लगानीकर्ताहरु घाटा संयोजनका लागि क्रिप्टो बिक्री गर्नेतर्फ लागेका छन्।
इथेरियम ब्लकचेन अन्तर्गतको क्वाइन इथरको मूल्य पनि उक्त दिन ७.५ प्रतिशतले घटेर १ हजार १६.०८ डलरमा आइपुगेको थियो जुन उसको यसअघिको कारोबार बन्दका बेला रहेको भन्दा ८२.३८ डलरले कम भएको रोयटर्सले उल्लेख गरेको छ।
अमेरिकाको सेल्सियस नेटवर्कले करेन्सी निकाल्न रोक्ने घोषणा गरेपछि दुवै डिजिटल सम्पत्तिहरुले समस्या भोगिरहेका छन्।
बिटक्वाइन र इथरको मूल्य घट्नुमा थ्री एरोज क्यापिटल नामक क्रिप्टो हेज फण्डको समस्या समाधान नहुनु रहेको पनि जानकारहरु बताउँछन्।
प्रकाशित: १७ असार २०७९, शुक्रबार