आज सोसल मिडिया डे, यस्तो थियो पहिलो सोसल मिडिया

  • Technology Khabar | १६ असार २०७९, बिहीबार
आज सोसल मिडिया डे, यस्तो थियो पहिलो सोसल मिडिया

काठमाडौं ।

संसारभर हरेक वर्षको जून ३० लाई सोसल मिडिया डेको रुपमा बनाइने गरिन्छ।

सोसल मिडियाको जानकारी धेरैभन्दा धेरै मानिसमा पुगोस् भन्ने उद्देश्यले सोसल मिडिया डे मनाउन शुरु गरिएको हो।

अहिले सोसल मिडिया मानिसहरुको दैनिकी बनिसकेको छ।

सिक्सडिग्री पहिलो सोसल मिडिया

सीबीसीन्यूजका अनुसार संसारको पहिलो सोसल मिडिया प्लेटफर्मको रुपमा सिक्सडिग्री रहेको छ। एन्ड्रयू वेनरिच नामका व्यक्तिले सन् १९९७ मा पहिलो सोसल मिडियाका रुपमा सिक्सडिग्री स्थापना गरेका थिए।

उक्त प्लेटफर्ममा प्रोफाइल, साथीहरुको सूची, स्कुल एफिलिएसन लगायतको सुविधा उपयोग गर्न सकिन्थ्यो।

यसका प्रयोगकर्ता १० लाखभन्दा बढी थिए। इन्टरनेटको पहुँच कम भएकाले यसले हालका दिनका सोसल मिडिया जस्तो व्यापकता पाउन सकेको थिएन।

यो साइट सन् २००० को डिसेम्बरमा यूथस्ट्रिम मिडियाले खरिद गरेको थियो। त्यसको एक वर्षपछि भने बन्द भएको थियो।

प्रकाशित: १६ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार