अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

  • Technology Khabar | १६ असार २०७९, बिहीबार
अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ
सांकेतिक तस्बिर

काठमाडौं ।

हेटौँडामा अनलाइन जुवाको अवैध धन्दा चलाउँदै आएका १२ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

हेटौँडा उपमहानगरपालिका–४, कमलडाँडास्थित रुकमणि न्यौपानेको घरको तेस्रो र चौथो तला भाडामा लिएर अनलाइन जुवा खेल्ने र खेलाउँदै आएकालाई प्रहरीले पक्राउ गरेको हो। कुलदिप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले सूर्यप्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेडले पैसाको हारजित हुनेगरी अवैध रूपमा अनलाइन गेम (जुवा) खेल्ने खेलाउने गरिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ स्थित लामसुरेका वर्ष २३ का निशान आचार्य, हेटौँडा–४ स्थित कमलडाँडाका वर्ष २४ का राजीव गौतम, हेटौँडा–११ का वर्ष २७ का मधुकर बानियाँ, हेटौँडा–१४ स्थित चुरियामाईका वर्ष २४ का निमा थिब र हेटौँडा–१२ का वर्ष २३ का विकास बल रहेका छन् ।

यस्तै हेटौँडा–४ का वर्ष २६ का कुलदीप पाठक, मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेका वर्ष २० का जोसिल खत्री, गोरखा जिल्ला पालुबटार नगरपालिका–७ का वर्ष २२ का डुलास तामाङ्ग, वर्ष २० का तिकमान तामाङ्ग, वर्ष २१ का राजु तामाङ्ग, वडा नं. ८ का वर्ष २५ का अमोश तामाङ्ग र बारा जिल्ला निजगढ नगरपालिका–४ का वर्ष २० का अर्पण खड्कालाई पक्राउ गरिएको छ।

प्रहरी नायब उपरीक्षक कार्कीकाअनुसार पक्राउ परेका पाठक सञ्चालकमध्येका एक भएको आशंका गरिएको छ भने अन्य सञ्चालकहरू फरार रहेकाले खोजी भइरहेको छ।

प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका बिभिन्न कम्पनीका १ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ सहित पक्राउ गरेको जनाएको छ।

प्रकाशित: १६ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार