काठमाडौं ।
नथिङ फोन १ जूलाई १२ मा सार्वजनिक हुने भएको छ। नथिङ १ फोन कस्तो हुन्छ भन्ने उपभोक्ता बिच कौतुहल्ता पैदा भइरहेको छ।
यस्तोमा टिपस्टर इशान अग्रवालले नथिङ फोन १ ब्ल्याक कलर भेरियन्टको फोटो बाहिर ल्याएको गिज्मोचाइनाले उल्लेख गरेको छ।
यस अघि यो डिभाइस वाइट कलर भेरियन्टको फोटो बाहिरिएको थियो।
नथिङ फोन १ ब्ल्याक कलर भेरियन्टमा समान ग्लिफ इन्टरफेस ब्याक प्यानल छ जसमा ९०० भन्दा मसिना एलईडी लाइट दिइएको छ। वाइट कलर भेरियन्टको जस्तै रेन्डरमा पारदर्शी रियर चेसिस देखिएको छ। जुन ब्ल्याक सिटले इन्ट्रर्नल कम्पोनेन्ट कभर गरेको छ।
ब्ल्याक सिट र एलईडी लाइटको बिचमा रहेको कन्ट्रास्सले वाइट भेरियन्टको तुलनामा ब्ल्याक भेरियन्टलाई अझै बढी आकर्षित बनाएको गिज्मोचाइनाले लेखेको छ।
नथिङ फोन १ को स्पेसिफिकेसनको कुरा गर्दा यसमा रहेको ६.५५ इन्चको ओएलईडी डिस्प्लेले १०८०x२४०० पिक्सेल रेजोल्युसन सपोर्ट गर्छ।
फोन फ्ल्याट प्यानल डिस्प्लेका साथ उपलब्ध हुनेछ। फोनको मुख्य क्यामरा ५० मेगापिक्सेल र सेल्फी क्यामरा १६ मेगापिक्सेलको हुनेछ।
४५०० एमएएच ब्याट्रीले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। फोनमा क्वालकम स्न्यापड्रागन ७७८जी प्लस चिपसेट प्रयोग गरिनेछ। फोनमा एन्ड्रोइड १२ मा आधारित नथिङ ओएसबाट सञ्चालित हुनेछ।
प्रकाशित: १६ असार २०७९, बिहीबार