काठमाडौं ।
ह्वावेले फ्रीबर्ड प्रो २ वायरलेस इयरबड र मेटबुक ल्यापटप यूरोपमा सार्वजनिक गरेको छ। जीएसएमएरिनाका अनुसार ह्वावेले फ्रीबर्ड प्रो २ र मेटबुक डी१६ तथा डी १६एस यूरोपमा सार्वजनिक गरेको हो।
ह्वावे फ्रीबर्ड प्रो २
फ्रीबर्ड प्रो २ ह्वावेको फ्ल्यागसिप टीडब्ल्यूएस पेयर हो। प्रत्येक बर्डमा डुअल ड्राइभ छ जसले हाई रिल डुअल साउण्ड सिस्टममा काम गर्छ। बडले १४ किलो गिगाहर्ज देखि ४८ किलो गिगाहर्जसम्म साउण्ड विस्तार गर्न सक्छ।
न्वाइज क्यान्सेलिङका लागि फ्रीबर्ड प्रो २ले ४८ डीबीसम्म सप्रेस गर्छ सक्छ। पूर्ववर्ती फ्रीबडले ४० डीबीसम्म सप्रेस छ।
फ्रीबर्ड सिल्भर ब्ल्यू, सिल्भर प्रोस्ट, सेरामिक वाइट कलरमा उपलबध छ। जूलाई ६ देखि बिक्रीका लागि उपलब्ध हुने फ्रीबडको मूल्य १७० यूरो तोकिएको छ।
ह्वावे मेटबुक
ह्वावे मेटबुक १६ एस र डी १६ कम्पनीको फ्ल्यागसिप ल्यापटप हो।
यी ल्यापटप गत वर्ष सार्वजनिक गरिएको मेटबुक १६ मा आधारित छ। तर मेटबुक १६ एस मा नयाँ १२ औं जेन इन्टेल प्रोसेसर दिइएको थियो। ग्राहकले कोर आई७-१२७००एच वा आई९-१२९००एच मध्येमा छनोट गर्न सक्छन्।
यसमा १६ इन्चको २५२० वाई १६८० पीएक्स ३ः२ टचस्क्रिन प्यानल छ।
कोर आई७ को मूल्य १३ सय यूरो र आई९को मूल्य १५ सय यूरो तोकिएको छ।
मेटबुक डी १६ ओर आई ७ मोडलको मूल्य १ हजार यूरो र कोर आई ५ मोडलको मूल्य ७५० यरो तोकिएको छ।
प्रकाशित: १६ असार २०७९, बिहीबार