आइएमई पे एपमा एनएलआइसीको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर

  • Technology Khabar | १६ असार २०७९, बिहीबार
आइएमई पे एपमा एनएलआइसीको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर

काठमाडौं ।

आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” द्वारा प्रवद्र्धित “आइएमई पे” ले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ति रोचक अफर ल्याएको छ।

आइएमई पे एपको “प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ” अफर अन्तर्गत असार १० गते देखि सो एपबाट एनएलआइसीको बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५% (अधिकतम रु.२,५०० सम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको छ।

हालसम्म नेपालको २३ ओटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले यस अफर मार्फत अझ बढी ग्राहकवर्गलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने बताएका छन् ।

यस अफरको नियम तथा शर्तहरु यस प्रकारका छन् – केवाईसी रुजु भएको प्रयोगकर्ताहरुले बीमा किस्ताको भुक्तानी नियत मिति (ड्यु डेट) भित्र वा नियत मिति पछिको ७ दिन भित्र आइएमई पे एपबाट गरे बापत मात्र क्यासब्याक तथा अरु उपहार जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

प्रकाशित: १६ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार