काठमाडौं ।
नोकिया जी११ प्लस विश्व बजारमा सार्वजनिक गरिएको छ।
यो स्मार्टफोन बजेटमैत्री ग्राहकलाई ध्यानमा राखेर सार्वजनिक गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
नोकिया जी११ प्लस स्मार्टफोनमा २ वर्षको एन्ड्रोइइ अपडेट भएकोे कम्पनीको दावी छ। साथै ३ वर्षको सेक्युरिटी अपडेट र ३ दिनको ब्याट्री ब्याकअप पनि छ।
नोकिया जी११ प्लसमा ६.५१ इन्च एचडी प्लस डिस्प्ले छ जसले ९० गिगाहर्ज रिफ्रेश रेट प्रदान गर्छ।
स्मार्टफोनमा प्रयोग गरिएको प्रोसेसरको बारेमा भने कुनै जानकारी दिइएको छैन। फोन ४ जीबी र्याम र ६४ जीबी स्टोरेजमा उपलब्ध छ।
माइक्रोएसडी कार्ड स्लटमार्फत् फोनको स्टोरेज ५१२ जीबीसम्म बढाउन सकिन्छ।
नोकिया जी११ प्लसमा पछाडिपट्टि डुलअ क्यामरा सेटअप छ। जसमा ५० मेगापिक्सलको प्राइमरी सेन्सर र २ मेगापिक्सलको सेकेण्डरी सेन्सर दिइएको छ। यसको क्यामरा मोड्युलमा एउटा एलईडी फ्ल्यास पनि छ।
सेल्फी र भिडियो कलिङका लागि ८ मेगापिक्सलको क्यामरा दिइएको छ।
कनेक्टिभिटीका लागि स्मार्टफोनमा फोरजी एलटीई, वाईफाई, ब्लूटूथ, जीपीएस/ए-जीपीएस, यूएसबी टाइप सी र ३.५ एमएम हेडफोन ज्याक दिइएको छ।
यसका साथै रियर माउन्टेड फिङगरप्रिन्ट सेन्सर पनि दिइएको छ। फोनको डाइमेन्सन १६४.७५.९ एमएम, मोटाई ८.५५ एमएम र तौल १९२ ग्राम छ।
गत फेब्रुअरीमा नोकिया जी११ सार्वजनिक गरिएको थियो। जसको मूल्य १० हजार ७०० भारु तोकिएको थियो। नयाँ फोनको मूल्य कम्पनीले सार्वजनिक गरेको छैन।
प्रकाशित: १६ असार २०७९, बिहीबार