टेस्लाले हालै गरेको बर्खास्तीमा २ सय अटोपाइलट कर्मचारी समावेश

  • Technology Khabar | १६ असार २०७९, बिहीबार
टेस्लाले हालै गरेको बर्खास्तीमा २ सय अटोपाइलट कर्मचारी समावेश

काठमाडौं ।

टेस्लाले हालै गरेको कर्मचारी बर्खास्तीमा २ सय जना अटोपाइलट विभागका परेका छन्।

ब्लूमबर्गका अनुसार उक्त बर्खास्तीमा परेका कर्मचारीलाई मंगलबारदेखि कार्यालय नआउन जानकारी दिँदै कम्पनीले क्यालिफोर्नियाको कार्यालय पनि बन्द गरेको छ।

प्रभावित धेरै कर्मचारीमध्ये एनोटेशन विशेषज्ञ रहेका र उनीहरुको मुख्य काम ग्राहकहरुबाट आएका अटो पाइलट डाटा मूल्यांकन तथा लेबलिङ गर्ने रहेको इन्ग्याजेटले उल्लेख गरेको छ।

उक्त बर्खास्तीसँगै टेस्लाले आफ्नो सान माटियोको फ्याक्ट्री बन्द गर्दै त्यहाँ रहेका ३५० जनालाई नजिकैको अर्को कार्यालयमा सारिएको छ।

टेस्लाले यसबारेमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन। कम्पनीले आफ्नो मानव संशाधन विभाग २०२० यता सञ्चालन गरेको छैन।

सीईओ इलन मस्कले सम्भाव्य मुद्रास्फीतिअघि कम्पनीको खर्च कटौतीका लागि कर्मचारी हटाउनु परेको बताउँदै आएका छन्।

प्रकाशित: १६ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार