शाओमी १२ एस सिरिजमा सोनी ५० आईएमएक्स७०७ क्यामरा सेन्सर प्रयोग

  • Technology Khabar | १६ असार २०७९, बिहीबार
शाओमी १२ एस सिरिजमा सोनी ५० आईएमएक्स७०७ क्यामरा सेन्सर प्रयोग

काठमाडौं ।

शाओमी १२ एस सिरिज जुलाई ४ मा सार्वजनिक हुनेछ।

कम्पनीले शाआमी १२एस सिरिज चीनमा सार्वजनिक गर्नका लागि आवश्यक तयारी पूरा गरको गिज्मोचाइनाले उल्लेख गरेको छ।

शाओमी १२ एस सिरिज अन्तर्गत शाओमी १२ एस, १२ एस प्रो र १२ एस अल्ट्रा स्मार्टफोन हुनेछन्।

शाओमी १२ एस सिरिजमा सोनी ५० आईएमएक्स७०७ क्यामरा सेन्सर प्रयोग गरिएको छ। यो शाओमी १२ प्रोमा प्रयोग भएको सेन्सर हो।

शाओमी १२ एस सिरिजको मुख्य क्यामराको हार्डवेयरमा सुधार पाउन सकिँदैन।

तर, शाओमी १२ सिरिजको तुलनामा शाओमी १२ एस सिरिजको क्यामरामा केही सुधार पाउन सकिन्छ।

शाओमी १२ मा तुलनात्मक रुपमा सानो ५० मेगापिक्सलको सोनी आईपीएक्स७६६ सेन्सर रहेको छ।

जुन ओप्पो, वानप्लस र रियलमीले आफ्नो मिड रेञ्ज स्मार्टफोनमा प्रयोग गर्ने गरेको क्यामरा सेन्सर हो।

प्रकाशित: १६ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...