काठमाडौं ।
– निर्दोष घोरसाईने
सिम्प्ली अटोमेटिकले होम‘अटोमेसन’ (इन्टिग्रेटेड म्यानेजमेन्ट सिस्टम) सेवा नेपालमा शुरु गरेको छ। सिम्रिक आईटी प्रालिको सिम्रिक भेन्चर अन्तर्गतको सिम्प्ली अटोमेटिकले नेपालमा अटोमेसनको सेवा शुरु गरेको हो।
नेपालमा अटोमेसन र आईओटी (इन्टरनेट अफ थिङस) सेवा उपलब्ध गराउने उद्देश्यले सिम्प्ली अटोमेटिक कम्पनी स्थापना गरिएको सीईओ प्रज्वल न्यौपाने बताउँछन्। कम्पनीले काठमाडौंको तीनकुने स्थिति गैरी गाउँमा सिम्प्ली अटोमेटिक कम्पनी स्थापना गरेर अटोमेसन र आईओटी सेवा प्रदान गरिरहेको छ।
कम्पनीको उद्देश्य भनेको मानिसहरुको लाइफ स्टाइल सजिलो बनाउने हो। अटोमेसनबाट पुनः गरिरहनु पर्ने कामलाई बिस्थापित गर्न सकिन्छ,’ सीईओ न्यौपाने भन्छन्, ‘यसबाट प्रयोगकर्ताले एआईको अनुभव प्राप्त गर्छन्।’
यो भनेको मानिसले गर्ने काम मेसिनबाट गराउने हो।
यूरोप अमेरिका लगायत विकसित देशहरुमा आईओटी प्रोडक्टहरुको प्रयोग बढ्दो छ। विश्व बजारमा उपलब्ध प्रविधि नेपालीले पनि उपयोग गर्न पाउनु पर्छ भन्ने उद्देश्यले नेपालमा अटोमेसन सेवा शुरु गरिएको न्यौपाने बताउँछन्।
अटोमेसन गर्दा खर्च अधिक आउने धेरैको बुझाई छ। यो बुझाईलाई चिर्नका लागि कम्पनीले ‘लक्जरी इन नट एक्सपेन्सीभ’ भन्ने नारा लिएको सीईओ न्यौपानेको भनाई छ।
सिम्प्ली अटोमेटिकले साढे २ दुई तल्ला घरका लागि ६ देखि ७ लाख रुपैयाँमा अटोमेसन सेवा उपलब्ध गराउने उनको दाबी छ। मोबाइल, रिमोट तथा प्यानल कन्ट्रोल र भ्वाइस एसिस्टबाट घरका बत्ति, एसी, टिभी, सेक्युरिटी सिस्टमलाई अटोमेसन गर्न सकिन्छ।

नेपालमा अटोमेसन सेवा उपलब्ध गराउन सिम्प्ली अटोमेटिकले चीनको स्मार्ट लाइफ कम्पनीको आइओटी उत्पादन बिक्री गर्दै आइरहेको छ।
अटोमेसन सेवा कसरी लिने
अटोमेसन सेवा लिनका लागि सिम्प्ली अटोमेटिक कम्पनीलाई सम्पर्क गर्नु पर्ने हुन्छ। यसका लागि कम्पनीको फेसबुक पेज, बेवसाइट र टेलिफोन वा कम्पनीको कार्यालय भिजिट गर्न सकिन्छ।
यदि ग्राहकले आफ्नो घर अटोमेसन गर्ने चाहना राखेमा कम्पनीका इन्जिनियर ग्राहकको घर अवलोकनका लागि जान्छन्। उनीहरुले ग्राहकको बिचार लिन्छन र अटोमेसनका बारेमा जानकारी दिन्छन्।
ग्राहकको इच्छाको आधारमा कम्पनीले इलेक्ट्रिक मोडिफाइ सलुसन बनाउँछन्। त्यसमा घरमा कुन प्रोडक्ट कहाँ राख्ने भन्ने लगायतका कुरा हुन्छन्।
प्रोडक्ट, इन्स्टलेसन र सर्भिस चार्जको आधारमा कम्पनीले बिलिङ गर्छ। कम्पनीको प्रमोशन स्किम अन्तर्गत पहिलो १ वर्षका लागि सर्भिस भने निःशुल्क गरेको छ। एक वर्षमा कम्पनीले १० पटकसम्म सर्भिस दिन्छ।
‘शुरुवाती केही दिन ग्राहकलाई प्रविधिसँग अभ्यस्त हुन र मेसिन पनि सेट हुन केही समय लाग्छ। त्यसका लागि फास्ट सर्भिसको आवश्यकता पर्छ। पहिलो ३ महिनामा ६ पटक सर्भिस दिनुपर्छ। त्यसपछि ग्राहकको आवश्यकता र सर्भिस अवधिलाई हरेर सेवा दिनुपर्छ।’ उनले भने।
साथै कम्पनीले प्रोडक्टहरुमा एक वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको छ। कम्पनीले उपलब्ध गराउने प्रोडक्टको इन बिल्ट क्वालिटी राम्रो भएको उनको दावी छ। प्रोडक्ट प्रयोग गर्दा केही समस्या देखिए कम्पनीको कल सेन्टरबाट सेवा लिन सकिने उनी बताउँछन्।
कम्पनीसँग स्मार्ट लाइफका २ सयभन्दा बढी आईओटी प्रोडक्ट छन्। ग्राहकको आवश्यकता र रुचिका आधारमा कम्पनीले ती प्रोडक्ट उपलब्ध गराउने बताएको छ।

कस्तो घर अटोमेसन हुन्छ
अटोमेसनमा जानका लागि यस्तै घर चाहिन्छ भन्ने हुँदैन। अटोमेसन गर्नका लागि घरमा इन्टरनेट र विजुली हुनुपर्छ। अटोमेसनको काम कम्पनीले नै गरिदिन्छ। घरमा रहेको पुरानो वाइरिङ बोर्ड परिवर्तन हुन्छ।
घरमै प्रयोग भइरहेका रिमोट कन्ट्रोलबाट चल्ने प्रोडक्टलाई पनि कम्पनीले अटोमेसन गर्ने गरेको छ। यसका लागि कम्पनीले इन्फ्रा रे ब्लास्टर ग्राहककोमा जडान गर्ने गरेको छ। इन्फ्रा रे ब्लास्टर मास्टरसँग कनेक्टेड हुन्छ। र, रिमोट सिस्टम इन्फ्रा रे बाल्स्टरमा जडान हुन्छ। यसरी टिभी, एसीलगायत रिमोटबाट सञ्चालन हुने प्रोडक्टलाई पनि अटोमेसन गर्न सकिन्छ।
प्रकाशित: १६ असार २०७९, बिहीबार