खराब कुलिङ सिस्टमका कारण भारतीय इलेक्ट्रिक स्कुटरमा आगलागी

  • Technology Khabar | १५ असार २०७९, बुधबार
खराब कुलिङ सिस्टमका कारण भारतीय इलेक्ट्रिक स्कुटरमा आगलागी

काठमाडौं ।

लिथियम आयन ब्याट्री जडित इलेक्ट्रिक स्कुटरमा आगलागीको कारण पत्ता लगाउन गठित भारत सरकारका प्रतिनिधिले प्रतिवेदन बुझाएका छन्।

उक्त रिपोर्टमा आगलागी भएका लगभग सबै स्कुटरमा ब्याट्री म्यानेजमेन्ट सिस्टमा खराबी पाइएको छ।

रिपोर्टमा इलेक्ट्रिक स्कुटरको ब्याट्री कम्पार्टमेन्टमा कूलिङ तथा भेन्ट सिस्टम नभएकाले आगलागी भएको उल्लेख छ। कूलिङ तथा भेन्ट सिस्टम नभएकाले ब्याट्रीको तापक्रम नियन्त्रण राख्नका लागि आवश्यक भेन्टिलेसन प्राप्त हुन नसकेकाले आगलागी भएका हुन्।

ब्याट्री कम्पार्टमेन्टमा भेन्टिलेसन नभएकाले ब्याट्री पूर्जा अधिक गर्मीका कारण जल्न शुरु भएको थियो। यसलाई आगलागी हुनुको मुख्य कारणका रुपमा लिइएको प्रतिवेदनमा उल्लेख छ।

इलेक्ट्रिक टू ह्वीलर निर्माताहरुले सम्भावित आगलागीबाट सवारी साधनलाई बचाउनका लागि न्युनतम सुरक्षालाई प्राथमिकतामा नराखेको पाइएको छ। खर्च कटौतीका लागि निर्माणले कूलिङ र भेन्ट नदिँदा उच्च तापक्रमका कारण आगलागी भएको हो।

यो जाँचको प्रारम्भिक रिपोर्ट हो। अबको केही दिनमा अन्तिम रिपोर्ट तयार गरेर सरकारलाई बुझाइने प्रतिनिधिहरुले बताएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

पछिल्लो समय भारतमा इलेक्ट्रिक टू ह्वीलरमा आगलागीको घट्ना बढेको थियो। इलेक्ट्रिक सवारीहरुमा के कारणले आगलागी भएको भन्ने विषयको अनुसन्धान गर्न भारत सरकारले छानबिन कमिटी गठन गरेको हो।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार