एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल बीच समझदारी, डिजीटल सेवा प्रदान गर्ने

  • Technology Khabar | १५ असार २०७९, बुधबार
एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल बीच समझदारी, डिजीटल सेवा प्रदान गर्ने

काठमाडौं ।

एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल (टान)को बीच डिजीटल सेवाहरुलाई प्राथमिकता दिनको लागी समझदारी भएको छ। उक्त समझदारी असार ९ मा सम्पन्न भएको हो।

उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानको तर्फबाट अध्यक्ष खुम बहादुर सुबेदी बीच समझदारी पत्र हस्तानान्तरण भएको छ।

उक्त समझदारी पत्र मार्फत टानका टान सदस्यहरुले एनएमबि बैकको डिजीटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन्। एनएमबि बैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्यूआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गर्दै आईरहेको छ। यी सेवाहरुले गर्दा टानका टान सदस्यहरुलाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ।

एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...