इन्स्टा३६० र लाइकाबिच सिक्स के ३६० क्यामराका लागि सहकार्य

  • Technology Khabar | १५ असार २०७९, बुधबार
इन्स्टा३६० र लाइकाबिच सिक्स के ३६० क्यामराका लागि सहकार्य

काठमाडौं ।

लाइका र इन्स्टा३६० बिच सिक्स के ३६० क्यामरा निर्माण सम्बन्धमा सहकार्य हुने भएको छ।

यी दुई कम्पनीबिच १ इन्च आकारको वन आरएस क्यामराको ३६० एडिशनका लागि सहकार्य हुने भएको हो।

यसको नाम जस्तै यो नयाँ किट दुई ओटा १ इन्चको सीमोस सेन्सरयुक्त ३६० लेन्स मोड्युल रहेका छन् जसले सिक्सके रेजोल्युशनमा ३६० भिडियो वा २१ मेगापिक्सेलसम्मका ३६० फोटो खिच्न सक्ने इन्ग्याजेटले जनाएको छ।

यसले कम प्रकाश भएको अवस्थामा फोटोको गुणस्तर बढाउने बुझिएको छ। यसबाहेक यो लाइकासँग मिलेर इन्जिनियरिङ गरिएको विश्वकै पहिलव ३६० क्यामरासमेत हुनेछ।

यी दुई कम्पनीबिच यसअघि वन आर का लागि १ इञ्च वाइड एङ्गल मोड निर्माणका लागि सहकार्य भइसकेको छ।

फोरके बूस्ट लेन्स भएको यसअघिको वन आरएस किट वा रेगुलर ३६० लेन्सको तुलनामा यो मोड्युलमा ठाडो तरिकाले एसेम्बल गरिएकाको छ।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...