स्न्यापड्रागन ८ प्लस जेन १ चिपयुक्त १३ स्मार्टफोन जुलाईमा आउँदै

  • Technology Khabar | १५ असार २०७९, बुधबार
स्न्यापड्रागन ८ प्लस जेन १ चिपयुक्त १३ स्मार्टफोन जुलाईमा आउँदै

काठमाडौं ।

जुलाईमा स्न्यापड्रागन ८ प्लस जेन १ चिप भएको १३ स्मार्टफोन बजारमा आउने भएको छ।

स्न्यापड्रागन ८ प्लस जेन १ चिप भएको पहिलो स्मार्टफोनको रुपमा शाओमी १२एस अल्ट्रा सिरिज जुलाई ४ मा सार्वजनिक हुनेछ।

शाओमीलाई पन्छाउँदै रियलमी, वनप्लस, आईकू, मोटोरोला, नुबिया, असुस रोग, रेड म्याजिक, लेनोभो र ब्ल्याक शार्क स्न्यापड्रागन ८ प्लस जेन १ चिपसहित बजारमा आउने छन्।

टिप्स्टर डिटिजल च्याट स्टेशनका अनुसार स्न्यापड्रागन ८ प्लस जेन १ चिपले न्यूनतम १ सय वाट फास्ट चार्जिङ र अधिकतम १ सय ५० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।

यसबाहेक अन्य डिभाइसहरुमा रियलमी जीटी२ मास्टर एक्सप्लोर एडिसन, वनप्लस १० टी र आईकू १० स्ट्यान्डर्ड एडिसन रहेका छन्।

दुई स्मार्टफोनमा ६.७ इन्चको डिस्प्ले र फुल एचडी प्लस रेजोल्युशनमा उपलब्ध हुनेछ। एउटा ६.७८ इन्च प्यानल र अर्को ६.६७ इन्च डाइगोनलमा उपलब्ध हुनेछ।

यस्तै मोटोरोलाको मोटोरोला एज ३० अल्ट्रा आउने छ। यसमा नयाँ चिपका साथै २०० मेगापिक्सल क्यामरा भएको विश्वको पहिलो स्मार्टफोनको रुपमा सार्वजनिक हुनेछ।

शाओमीले पनि उक्त सेन्सर प्रयोग गर्ने विश्वास लिइएको छ। तर शाओमी २ सय मेगापिक्सल स्मार्टफोन केही समयपछि मात्र आउने छ। असुसको रोग फोन ६ मा शक्तिशाली ६ हजार एमएएचको ब्याट्री हुनेछ।

यस्तै लेनेभो र ब्ल्याक शार्क पनि स्न्यापड्रागन ८ प्लस जेन १ चिप हुनेछ। यी दुई ब्राण्डको फोनको बारेमा धेरै जानकारी बाहिरिएको छैन।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार