
काठमाडौं ।
ताइवानी चिप निर्माता कम्पनी टीएसएमसीले चिपको मूल्य बढाउने भएको छ। गिगचाइनाका अनुसार टीएसएमसीले सन् २०२३ को जनवरीदेखि आफ्नो उत्पादनमा ६ प्रतिशतसम्म मूल्य वृद्धि गर्ने भएको हो।
कच्चा पदार्थ, श्रमिक खर्च र विद्युतको बढ्दो मूल्यलाई सम्बोधन गर्न टीएसएमसीले चिपको मूल्य बढाउन लागेको हो।
उच्च मागलाई सम्बोधन गर्न कम्पनीले आफ्नो क्षमता पनि विस्तार गर्ने योजना बनाएको छ। धेरै स्मार्टफोन उत्पादकले टीएसएमसीले उत्पादन गरेको चिप प्रयोग गर्दै आइरहेका छन्।
मिडियाटेले डाइमेन्सिटी र हेलियो लाइनअपका लागि टीएसएमसीको चिप प्रयोग गर्न शुरु गरेको छ।
क्वालकमले पनि स्न्यापड्रागन ८ प्लस जेन १ चिपका लागि सामसङ छोडेर टीएसएमसीमा निर्भर भइरहेको छ। स्न्यापड्रागन ८ जेन २ चिपमा पनि टीएसएमसीको प्रोसेसर प्रयोग हुनेछ।
टीएसएमसीले आफ्नो चिपको मूल्य बढाएसँगै अगामी वर्ष स्मार्टफोन अझै महँगो हुने भएको हो।
प्रकाशित: १५ असार २०७९, बुधबार