कोरियाली ह्याकरले चोरेका क्रिप्टोकरेन्सीबाट लाखौं डलर गायब

  • Technology Khabar | १५ असार २०७९, बुधबार
कोरियाली ह्याकरले चोरेका क्रिप्टोकरेन्सीबाट लाखौं डलर गायब

काठमाडौं ।

क्रिप्टोकरेन्सी बजार ओरालो लागेपछि उत्तर कोरियाली ह्याकरले चोरेका क्रिप्टोकरेन्सीबाट लाखौं डलर गायब भएको छ।

चोरिएका क्रिप्टोकरेन्सी नै प्रतिबन्ध लागेको उत्तर कोरियाको अर्थतन्त्र तथा यसको हतियार कार्यक्रमको मुख्य आर्थिक स्रोत रहेको डिजिटल लगानीकर्ताहरुले बताएका छन्।

उत्तर कोरियाले हालका वर्षमा आफ्ना स्रोत साधन क्रिप्टोकरेन्सी चोरी गर्ने तर्फ लगाइरहेको छ। गत मार्चमा उत्तर कोरिया विश्वकै कीर्तिमानी क्रिप्टोकरेन्सी चोरीको घटनामा संलग्न भएको थियो। रोयटर्सले यूएस ट्रेजरीलाई उद्धृत गर्दै उक्त घटनामा साढे ६१ करोड डलर चोरी भएको जनाएको छ।

क्रिप्टोको मूल्यमा मे बाट अचानक आएको गिरावटले उत्तर कोरियाको तिनीरहरुलाई रकममा बदल्ने र हतियार कार्यक्रममा लगानी गर्ने योजना अझ जटिल बनाइदिएको छ।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...