सामसङ ग्यालेक्सी ए२३ फाइभजी आउँदै

  • Technology Khabar | १५ असार २०७९, बुधबार
सामसङ ग्यालेक्सी ए२३ फाइभजी आउँदै

काठमाडौं ।

सामसङले ग्यालेक्सी ए२३ फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। कम्पनीले गत मार्चमा ग्यालेक्सी ए२३ फोरजी सार्वजनिक गरेको थियो।

सामसङले ग्यालेक्सी ए२३ फाइभजी बजारमा ल्याउने तयारी शुरु गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

सामसङ ग्यालेक्सी ए२३ फाइभजीमा क्वालकम स्न्यापड्रागन ६९५ प्रोसेसर राखिने छ।

फोनमा ६.६ इन्चको एलईडी स्क्रिन, फुल एचडी प्लस रिज्योलुसन र ९० गिगाहर्ज रिफ्रेस रेट पाउन सकिन्छ। सामसङ ग्यालेक्सी ए२३ फाइभजीमा एन्ड्रोइड १२ अपरेटिङ सिस्टम हुनेछ।

फोन ४ वा ६ जीबी र्याम र ८ जीबी र्याममा उपलब्ध हुने अपेक्षा गरिएको छ। ५००० एमएएच ब्याट्रीले २५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार