बेलायतमा एआईले तत्काल कुनै आविष्कारको पेटेन्ट लिन नसक्ने

  • Technology Khabar | १५ असार २०७९, बुधबार
बेलायतमा एआईले तत्काल कुनै आविष्कारको पेटेन्ट लिन नसक्ने

काठमाडौं ।

बेलायतको बौद्धिक सम्पत्ति कार्यालयले हालका लागि आर्टिफिसियल इन्टेलिजेन्सले कुनै आविष्कारको पेटेन्ट दर्ता गराउन नसक्ने निर्णय गरेको छ।

पेटेन्ट कुनै पनि नयाँ आविष्कारको स्वामित्व सर्जकको नाममा गरिने प्रक्रिया हो। हाल थुप्रै व्यकतिहरुले मानव सहयोग बिना एआई आफैंले कसरी कुनै आविष्कार गर्न सक्छ? भन्ने तर्क गरिरहेका छन्।

हाल विद्यमान कानूनले एआईसँग मिलेर मानिसले गरेको आविष्कारका लागि पेटेन्ट दिन सकिने भए पनि एआईलाई मात्र पेटेन्ट दिने कुरा भने नौलो भएको बेलायत सरकारको बुझाई छ।

अघिल्लो वर्ष पुनरावेदन अदालतले स्टेफन थालेर नामक व्यक्तिले आफ्नो डाबस एआई सिस्टमलाई फूड कन्टेनर र फ्ल्याशिङ लाइटको पेटेन्ट प्रदान गरिनुपर्ने भनी गरेको आग्रह खारेज गरिदिएको थियो।

उक्त अदालतका न्यायाधीशहरुले मानिसले मात्र पेटेन्ट पाउने र मेशिनलाई पेटेन्ट दिन नसकिने तर्क गरेका बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार