विश्वकै धनी व्यक्ति इलन मस्कको ट्विटर फलोअर्स १०० मिलियन नाघे

  • Technology Khabar | १५ असार २०७९, बुधबार
विश्वकै धनी व्यक्ति इलन मस्कको ट्विटर फलोअर्स १०० मिलियन नाघे

काठमाडौं ।

टेस्लाका सीईओ इलन मस्कको ट्विटर फलोअर्स १०० मिलियन अर्थात १० करोड भन्दा बढि पुगेको छ।

योसँगै ट्विटरमा ९ डिजिट फलोअर्स हुने व्यक्तिको सूचीमा मस्क ६ औं प्रयोगकर्ता बन्न सफल भएको द भर्जले उल्लेख गरेको छ।

जून २६ र २७ मा एक लाख ५० हजार भन्दा बढी फलोर्स बढाएर मस्कले उक्त कोसेढुंगा हासिल गरेका हुन्।

यो समाचार तयार पार्दासम्म विश्वकै धनी व्यक्ति मस्कको फलोअर्स १० करोड ९३ हजार ८८३ जना रहेका छन्।

मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गर्न खोजेकाले पनि उनको फलोअर्स बढेका धेरैको अनुमान छ।

मेटाका सीईओ मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमार्फत् कम्पनी सम्बन्धी जानकारी दिँदै आएका छन्। यस्तैगरी यदि मस्कले पनि ट्वीटर खरिद गरे भने उनले जुकरबर्गको जस्तै रणनीति अपनाउने अपेक्षामा ट्विटर प्रयोगकर्ताहरुको रोजाइमा उनी परेको विश्वास गरिएको छ।

मस्क भन्दा धेरै फलोअर्स हुनेमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा, जस्टिन बिबर, केटी पेरी, रिहाना र क्रिस्टियानो रोनाल्डो मात्र रहेका छन्।

अमेरिकी पूर्व राष्ट्रपति ओबामा १३१.१ मिलियन फलोअर्स सहित शीर्ष स्थानमा छन्।

मस्कले ट्विटरमा विशेषगरी आफ्नो लगानी भएका कम्पनीहरुसहित क्रिप्टो एनएफटीलगायतका नयाँ प्रविधिहरुको बारेमा उल्लेख गर्ने गरेका छन्।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार