स्मार्ट कक्षा’ ले विद्यार्थीको सिकाइमा सुधार

  • Technology Khabar | १४ असार २०७९, मंगलवार
स्मार्ट कक्षा’ ले विद्यार्थीको सिकाइमा सुधार
सांकेतिक तस्विर

काठमाडौं ।

बाजुराको भानोदय माध्यमिक विद्यालयले गणित, विज्ञान, अङ्ग्रेजी र नेपाली विषयलाई प्रविधिमैत्री बनाएको छ। सो विद्यालयले कक्षा ६ देखि माथिका विद्यार्थीलाई ‘कम्प्युटर ल्याब’ मा राखेर तीन विषयको अध्यापन थालेको छ।

‘स्मार्ट कक्षा’ मा प्रयोग गरिने श्रव्यदृश्य विधिले विद्यार्थीको सिकाइमा समेत सुधार भएको बुझाइ विद्यालयको छ। बुढीगङ्गा नगर पालिका–५ स्थित भानोदय माविले विद्यार्थीको पढाइमा सहजता र गुणस्तरमा सुधार ल्याउने अपेक्षा राखेको छ। ‘स्मार्ट कक्षा’ बाट विद्यार्थीसमेत खुसी भएका छन् ।

विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गरेर विद्यालयले पाठ्यक्रम बनाएको छ। कम्प्युटर शिक्षाबाट विद्यार्थीलाई पढाइमा निक्कै सहज भएको भानोदय माविका कक्षा १० का मनोज नेपालीले बताए।

भानोदय माविका प्रधानाध्यापक मनवीर खातीले विद्यालयमा कक्षा ६ देखि १० सम्म कम्प्युटर शिक्षा पढाइ हुने गरेको बताए । स्मार्ट कक्षाले विद्यार्थीको सिकाइ सुधार भएपछि कम्प्युटर शिक्षणलाई अनिवार्य गरिएको प्रधानाध्यापक खातीले बताए ।

एक हजार एक सयभन्दा बढी विद्यार्थी पठनपाठन गर्ने सो विद्यालय २०७८ सालमा देशकै नमुना विद्यालयमा छनोट भएको थियो। गोरखापत्रबाट

प्रकाशित: १४ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार