सेयर ब्रोकरहरुले आफ्नै टीएमएस राख्न पाउने

  • Technology Khabar | १४ असार २०७९, मंगलवार
सेयर ब्रोकरहरुले आफ्नै टीएमएस राख्न पाउने

काठमाडौं ।

सेयर कारोबार गर्नका लागि ब्रोकरहरुले आफ्नै टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) राख्न पाउने भएका छन्। यसका लागि नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, २०७९ जारी गरेको छ।

अनलाइन तथा अफलाइनमार्फत धितोपत्र कारोबार गर्नका लागि नेप्सेले विकास गरेको वा कारोबार सदस्यले विकास वा खरिद गरी प्रयोग गर्ने कारोबार व्यवस्थापन गर्न बनेको धितोपत्र कारोबार सञ्चालन (तेस्रो संसोधन) विनियमावली, २०७९ को विनियम ३९ उपविनियम १ (ग) बमोजिम नेप्सेले कार्यविधि जारी गरेको हो।

कार्यविधिमा टीएमएस राख्नका लागि ब्रोकरहरुले पालना गर्नु पर्ने नियम र व्यवस्थाहरु उल्लेख गरिएको छ।

यो कार्यविधि जारी हुनु अघिसम्म ब्रोकरहरुले नेप्सेले प्रयोगमा ल्याएको टीएमएस मात्र प्रयोगमा ल्याउन सक्थे। अब भने ब्रोकरहरुले आफ्नै टीएमएस बनाएर वा खरिद गरेर प्रयोग गर्न सक्नेछन्।

कारोबार सदस्यले नेप्सेको टीएमएस प्रयोग गर्न वा आफ्नै प्रणाली विकास वा खरीद गरी प्रयोग गर्नका लागि नेप्सेको प्रणालीसँग जडान गर्न विनियमावलीकिो विनियम २१ (ग) बमोजिम विवरण खुलाई निवेदन दिनुपर्नेछ।

नयाँ टीएमएस राख्ने ब्रोकर कम्पनीले कारोबार व्यवस्थापन प्रणाली सञ्चालन तथा मर्मत सम्भार गर्ने प्राविधिक कर्मचारी राख्नु पर्छ।

हेर्नुस् नयाँ कार्यविधि-

a6486e8adcc78ccb8eb0fa1ecbcd11b3

प्रकाशित: १४ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...