सीजी कम्युनिकेशन्स पहिलो पटक उत्कृष्ट १० मा, हेर्नुहोस् अरु कुन कुन आईएसपी परे?

  • Technology Khabar | १४ असार २०७९, मंगलवार
सीजी कम्युनिकेशन्स पहिलो पटक उत्कृष्ट १० मा, हेर्नुहोस् अरु कुन कुन आईएसपी परे?

काठमाडौं ।

-साजन सुवेदी

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्तसम्मको एमआईएस प्रतिवेदन हालै सार्वजनिक गरेको छ।

उक्त प्रतिवेदनमा सधैं झैं दूरसञ्चार सेवा प्रदायकका प्रगति विवरणसहित नेपालमा इन्टरनेट सेवा दिँदै आएका नयाँ र पुराना गरी ५७ प्रदायकहरुको नाम र अद्यावधिक ग्राहक सङ्ख्या दिइएको छ।

आँकडा अनुसार चैत्र महिनामा उत्कृष्ट १० मा परेका इन्टरनेट सेवा प्रदायकहरु यसप्रकार छन्:

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड- ६, ३०, २७९

फागुन मसान्त – ६, २४, ७६१चैत्र मसान्त – ६, ३०, २७९वृद्धि –  ५, ५१८

२०७८ फागुन मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ६ लाख २४ हजार ७६१ रहेकोमा चैत्र मसान्तसम्म आइपुग्दा ५ हजार ५१८ ले बढेर ६ लाख ३० हजार २७९ मा पुगेको छ।

२. सुविसु केबलनेट प्रालि २, १७, ४४३

फागुन मसान्त- २,२१, ९०२चैत्र मसान्त – २, २१, ९०२अन्तर – यथावत्

सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या चैत्र मसान्तसम्म २ लाख २१ हजार ९०२ मा रहेका छन्। यो सङ्ख्या फागुन मसान्तसम्म पनि यति नै थियो।

यस हिसाबले हेर्दा एक महिनामा सुबिसुको ग्राहक सङ्ख्यामा कुनै उतारचढाव आएको छैन।

३. क्लासिकटेक प्रालि – २,१६, ४५३

फागुन मसान्त – २, ११, ८६५चैत्र मसान्त – २, १६, ४५३वृद्धि – ४, ५८८

उत्कृष्ट १० को सूचीमा अघिल्लो महिना पनि तेस्रो नम्बरमै रहेको क्लासिकटेक प्रालिको फागुन महिनासम्मको कुल ग्राहक सङ्ख्या २ लाख ११ हजार ८६५ रहेको थियो।

चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा ४ हजार ५८८ वृद्धि भएर २ लाख १६ हजार ४५३ पुगेको छ।

४.भायानेट प्रालि – १, ६२, ३७७

फागुन मसान्त – १, ६२, ३७७चैत्र मसान्त – १, ६२, ३७७अन्तर –  यथावत

पुष महिनादेखि १ लाख ६२ हजार ३७७ ग्राहक सङ्ख्यासहित चाैथो नम्बरमा रहेको भायानेट प्रालि माघ, फागुन र चैत्र महिनामा आइपुग्दा कुनै सङ्ख्यामा कुनै घटबढ नभई १ लाख ६२ हजार ३७७ सहित चौथो नम्बरमै रहेको छ।

५. डिश मिडिया नेटर्क ९५, ७६३

फागुन मसान्त – ८२, ४१५चैत्र मसान्त – ९५, ७६३वृद्धि – १३,३४८

अघिल्लो महिना अर्थात् फागुन मसान्तसम्म ८२ हजार ४१५ ग्राहकसहित सूचीको सातौं नम्बरमा रहेको डिश मिडिया नेटवर्क चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा १३ हजार ३४८ ग्राहक थप्दै ९५ हजार ७६३ पुर्याएर सूचीको पाँचौं स्थानमा उक्लिएको छ।

६. टेकमाइण्ड्स नेटवर्क प्रालि ८९, ०११

फागुन मसान्त – ८९, ०११चैत्र मसान्त – ८९, ०११अन्तर – २, ४७०

चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालि ग्राहक सङ्ख्या फागुन मसान्तसम्म ८९ हजार ११ रहेकामा चैत्र मसान्तसम्म आइपुग्दा कम्पनीले कुनै ग्राहक थपेको वा गुमाएको छैन। अघिल्लो महिना पाँचौं नम्बरमा रहेको यो कम्पनी चैत्र महिनामा भने छैटौं नम्बरमा झरेको छ।

७. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि ६९, ७३५

फागुन मसान्त – ६९, ७३५चैत्र मसान्त – ६९, ७३५अन्तर – यथावत्

कुल ग्राहक सङ्ख्या ६९ हजार ७३५ सहित पछिल्लो महिना छैटौं नम्बरमा रहेको वेबसर्फर नेपाल चैत्र मसान्तसम्मको एक महिनामा ग्राहक सङ्ख्यामा कुनै घटबढ नगरी सोही आँकडासहित सातौं नम्बरमा झरेको छ।

८. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ५३, ४४४

फागुन मसान्त – ५३, ९०४चैत्र मसान्त – ५३, ४४४अन्तर – ४, ६०

फागुन मसान्तसम्म ५३ हजार ९०४ ग्राहक सङ्ख्यासहित उत्कृष्ट १० को आठौं नम्बरमा रहेको ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा ४६० ग्राहक गुमाउँदै आठौं नम्बरमै यथावत् रहन सफल भएको छ।

९. सिम्पल मिडिया नेटवर्क केबल प्रालि २२, ९९५

फागुन मसान्त – २०, ९९१चैत्र मसान्त – २२, ९९५वृद्धि – २, ००४

२० हजार ९९१ ग्राहकसहित अघिल्लो महिना अर्थात् फागुनसम्म उत्कृष्ट १० को नवौं स्थानमा परेको सिम्पल मिडिया नेटवर्क प्रालिले एक महिनाको अवधिमा २ हजार ४ ग्राहक थपेर २२ हजार ९९५ ग्राहकसहित नवौं स्थानमै यथावत् रहन सफल भएको छ।

१०. सीजी कम्युनिकेशन्स लिमिटेड – २२, २९५

फागुन मसान्त – १९, ५१२चैत्र मसान्त – २२, २९५वृद्धि – २, ७८३

फागुन महिनामा १९ हजार ५१२ ग्राहक भए पनि उत्कृष्ट १० मा पर्न नसकेको सीजी कम्युनिकेशन्स लिमिटेडले चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा  नेपाल नेटवर्कले एक महिनाको अवधिमा २ हजार ७८३ ग्राहक सङ्ख्या बढाएर २२ हजार २९५ पुर्याउँदै दशौं स्थानमा उक्लन सफल भएको छ।

गत महिना दशौं स्थानमा रहेको कनेक्ट नेपाल नेटवर्कलाई यस पटक सीजीले उछिनेको हो।

*यो सूची नेपाल दूरसञ्चार प्राधिकरणले अद्यावधिक गरेको २०७८ माघ मसान्तसम्मको एमआईएस तथ्याङ्कमा आधारित छ।

प्रकाशित: १४ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार