हैजासम्बन्धी समस्या समाधान गर्न कामनपाको हटलाइन टेलिफोन सेवा

Technology Khabar १३ असार २०७९, सोमबार

हैजासम्बन्धी समस्या समाधान गर्न कामनपाको हटलाइन टेलिफोन सेवा
सांकेतिक तस्बिर

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ।

जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले आजदेखि २४ सै घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ।

नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र कामपाबाट प्राप्त हुने सुविधा लिन सक्ने महानगरपालिका मेयर बानेल शाहले जानकारी दिएका छन्। जनस्वास्थ्यको सवालमा कामपाले कुनै पनि कुरामा सम्झौता नगर्ने उनले बताएका छन्।

यसका साथै महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ। होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ।

त्यस्तै कामपाले पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ।

प्रकाशित: १३ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया