देशभरका सहकारी संस्थाहरुमा ‘सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली’ जोडिँदै

  • Technology Khabar | १३ असार २०७९, सोमबार
देशभरका सहकारी संस्थाहरुमा ‘सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली’ जोडिँदै

काठमाडौं ।

सरकारले देशभरका सहकारी संस्थालाई सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणालीमा आबद्ध गर्नेगरी कार्य अघि बढाएको छ।

सोमबारको राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले सहकारी संस्थाको एकीकृत सूचना, सुशासन प्रवर्द्धन र प्रभावकारी नियमनमा सूचना प्रविधिको प्रयोगलाई जोड दिने उद्देश्यले सबै सहकारीलाई सूचना प्रणालीमा आबद्ध गर्न लागिएको जानकारी दिईन्।

“सहकारी  संस्थाहरुको एकीकृत सूचना, सुशासन प्रवर्द्धन र प्रभावकारी नियमनमा सूचना प्रविधिको प्रयोगलाई जोड दिँदै सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणालीमा देशभरका सहकारी संस्थाहरु आवद्ध गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ,” उनले भनिन्।

आगामी आर्थिक वर्षको विनियोजन बजेटअन्तर्गत मन्त्रालयका विविध शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले यसका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको जानकारी दिईन्।

उनले सहकारीलाई उद्यमशीलताऽ स्वरोजगार र आयआर्जन विकासमा जोड दिन मन्त्रालयले जोड दिएको बताइन।

प्रकाशित: १३ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार