विश्वको पहिलो फोरके २४० गिगाहर्ज गेमिङ मनिटर कोरियामा सार्वजनिक

  • Technology Khabar | १३ असार २०७९, सोमबार
विश्वको पहिलो फोरके २४० गिगाहर्ज गेमिङ मनिटर कोरियामा सार्वजनिक

काठमाडौं ।

सामसङले सेकेन्ड जेनेरेसन मिनी-एलईडी मनिटर ‘ओडिसि नियो जी८’ दक्षिण कोरियामा सार्वजनिक गरेको छ।

यो विश्वकै पहिलो फोरके २४० गिगाहर्ज गेमिङ मनिटर भएको साममोबाइलले उल्लेख गरेको छ।

ओडिसि नियो जी८ को मूल्य १ हजार १५४ अमेरिकी डलर तोकिएको छ। मनिटर सोमबारदेखि सामसङ डटकम र अन्य अनलाइन रिटेलमा बिक्रीका लागि उपलब्ध गराइएको छ।

यो मनिटर गत महिना अमेरिकालगायत अन्य बजारमा सार्वजनिक गरिएको थियो।

सामसङको हाई-इण्ड गेमिङ मनिटरमा ३२ इन्चको मिनी एलईडी डिस्प्ले रहेको छ जसमा फोरके रेजोल्युसन, २४० गिगाहर्ज रिफ्रेश रेट र म्याट कोटिङ छ।

नियो जी८ को रेस्पोन्स टाइम १ मिलिसेकेण्ड ग्रे टु ग्रे रहेको छ। मनिटरमा रहेको एचआरडी स्क्रीन २००० निट्स चहकिलो छ।

कन्ट्र्यास्ट रेसियो १,०००,०००ः१ रहेको यसले ४,०९६ स्टेप ब्राइटनेस कन्ट्रोल सपोर्ट गर्छ। ओडिसि नियो जी८ ले एएमडी फ्रिसिंक प्रिमियम प्रो सपोर्ट गर्छ।

मनिटरमा २ वटा एचडीएमआई २.१ पोर्ट र एउटा डिस्प्ले पोर्ट १.४ छ।

प्रकाशित: १३ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार