ताइवानले लो अर्थ अर्बिट स्याटेलाइटका लागि फ्रिक्वेन्सी शुल्क छुट गर्ने

  • Technology Khabar | १३ असार २०७९, सोमबार
ताइवानले लो अर्थ अर्बिट स्याटेलाइटका लागि फ्रिक्वेन्सी शुल्क छुट गर्ने

काठमाडौं ।

ताइवानको नेशनल कम्युनिकेशन्स कमिसन एनसीसीले लो अर्थ अर्बिटका लागि छुट मूल्यमा फ्रिक्वेन्सी प्रयोग गर्न दिने भएको छ।

उक्त निकायले देशमा आधारित भएर लो अर्थ अर्बिट स्याटेलाइट सञ्चालन गर्न विदेशीहरुलाई आकर्षण गर्ने उद्देश्यले सन् २०२३ देखि २०२८ सम्म लो अर्थ अर्बिट स्याटेलाइट कम्युनिकेशनका लागि उक्त छुट दिने भएको डिजिटाइम्सले उल्लेख गरेको छ।

गत वर्ष ताइवानको विधानमा स्पेस डेभलपमेन्ट एक्ट पारित भएपछि उद्योगका अवलोकनकर्ताहरुले देशको लो अर्थ अर्बिट आपूर्ति श्रृङ्खला निर्माण हुनेमा ठूलो अपेक्षा राखेका छन्।

हालै स्पेसएक्सको भ्रमण गर्दै देशका विज्ञान तथा प्रविधिमन्त्री वु शुङ-शोङले अमेरिकी अन्तरिक्षयान निर्माता अधिकारीहरुलाई स्थानीय रुपमा उत्पादित लो अर्थ अर्बिट स्याटेलाइट कम्युनिकेशनसम्बद्ध पार्टपुर्जाहरुको परीक्षण प्रभावकारिता बढाउन परीक्षण केन्द्र र प्रयोगशाला ताइवानमा राख्न प्रोत्साहित गरेका थिए।

ताइवान सरकारले सार्वजनिक गरेको दस्तावेज अनुसार लो अर्थ अर्बिट स्याटेलाइटले दूरसञ्चार पूर्वाधारलाई प्रबलीकरण गर्नुका साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट कनेक्शन पुर्याउन पनि मद्दत गर्ने डिजिटाइम्सले जनाएको छ।

प्रकाशित: १३ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...