गुगल पिक्सेल ६ को तुलनामा पिक्सेल ७ प्रो को डिस्प्ले अझ चहकिलो हुने

  • Technology Khabar | १३ असार २०७९, सोमबार
गुगल पिक्सेल ६ को तुलनामा पिक्सेल ७ प्रो को डिस्प्ले अझ चहकिलो हुने

काठमाडौं ।

गुगल पिक्सेल ७ प्रोको डिस्प्ले यसअघिको पिक्सेल ६ प्रोको तुलनामा अधिक चहकिलो हुने भएको छ।

गुगलको नयाँ पिक्सेल ७ प्रोमा पिक्सेेल ६ प्रोको डिस्प्ले प्यानल प्रयोग हुने छैन।

ग्याजेट३६०का अनुसार पिक्सेल ७ प्रोमा सामसङको नयाँ एस६ई३एचसी४ प्यानल प्रयोग गरिनेछ।

नयाँ प्यानलले पनि पिक्सल ६ प्रोमा प्रयोग गरिएको सामसङ एस६ई३एचसी३ प्यानलले जस्तै १४४०x३१२० पिक्सेल रिजोलुसन प्रदान गर्नेछ। तर नयाँ डिस्प्ले पूर्ववर्ती पिक्सेल ६ प्रोको भन्दा चहकिलो हुनेछ।

टिप्स्टर मिसाल रहमानका अनुसार पिक्सेल ७ प्रोमा सामसङको एस६ई३एचसी४ प्यानल प्रयोग गरिनेछ। पिक्सल ७ प्रो सामान्य र उच्च ब्राइटनेसमा पिक्सल ६ प्रोको तुलनामा अधिक चहकिलो हुने रहमानले जानकारी दिए।

पिक्सेल ७ प्रोको सामान्य मोडमा ब्राइटनेस ६०० निट हुनेछ। यो पिक्सेल ६ प्रोको भन्दा १०० निट बढी हो।

अटो मोडमा पिक्सेल ७ प्रोको ब्राइटनेस १००० निट पुग्नेछ। पिक्सेल प्रोको ब्राइटनेस ८०० निट्स रहेको थियो।

प्रकाशित: १३ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...