
काठमाडौं ।
चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले ९ मिनेटमा फुल चार्ज हुने स्मार्टफोन बजारमा ल्याउने भएको छ। यसका लागि कम्पनीले शक्तिशाली वाटको चार्जरमा काम गरिरहेको छ।
ओप्पोले २४० वाटको चार्जरमा काम गरिरहेको गिगचाइनाले उल्लेख गरेको छ।
चिनियाँ कम्पनीले २४० वाट चार्जिङ सिस्टमको परीक्षण उत्पादन शुरु गरिसकेको छ। यो २४ भोल्ट वाई १० ए मोडमा अपरेट हुन्छ।
ओप्पोले आफ्नो आगामी एक्स सिरिजको नयाँ फ्ल्यागशिप स्मार्टफोन २४० वाटको चार्जर सहित सार्वजनिक गर्नेछ।
रिपोर्टका अनुसार ओप्पो एक्स सिरिज ९ मिनेटमा फुल चार्ज हुनेछ।
अर्को ब्राण्ड भिभोले बजारमा ल्याउन लागेको आईक्यूओओ १० प्रोले २०० वाटको अल्ट्रा फास्ट चार्जिङ सपोर्ट गर्छ। भिभो आईक्यूओओ १० प्रो १२ मिनेटमा फुल चार्ज हुन्छ।
प्रकाशित: १३ असार २०७९, सोमबार