
काठमाडौं ।
भारतीय राइड सेयरिङ कम्पनी ओलाले सेकेण्ड ह्याण्ड सवारी व्यवसाय ‘ओला कार’ बन्द गरेको छ।
विद्युतीय सवारीमा केन्द्रित हुन कम्पनीले ओला कार सेवा शुरु गरेको एक वर्षमै बन्द गरेको इन्डियाटीभीन्यूजले उल्लेख गरेको छ।
यसअघि ओलाले ओला फूड, फूड पान्डा, ओला क्याफे बन्द गरिसकेको छ।
पछिल्लो समय ओला इलेक्ट्रिक सवारीमा बढी केन्द्रित देखिन्छ।
कम्पनीले आफ्नो लगानी, इलेक्ट्रिक सवारी, ब्याट्री सेल उत्पादन र वित्तीय क्षेत्रमा बढाउँदै लगिरहेको छ।
प्रकाशित: १३ असार २०७९, सोमबार