यूट्युब भिडियो कसरी डाउनलोड गर्ने? अपनाउनुस् यी तरिका

  • Technology Khabar | १३ असार २०७९, सोमबार

काठमाडौं ।

यूट्युबमा भिडियो हेर्ने बानी लगभग सबैको हुन्छ। यूट्युबका भिडियो हेर्ने र मन परेकोलाई डाउनलोड गर्ने प्रवृत्ति सामान्य नै हो। तर सबै भिडियोहरु डाउनलोड गर्न मिल्ने हुँदैनन्।

यस्तो अवस्थामा यूट्युब भिडियोहरु कसरी डाउनलोड गर्ने आउनुस् थाहा पाऔं।

यूट्युब प्रिमियम

यूट्युबले केही समय अघि आफ्नो सब्सक्रिप्शन प्लान यूट्युब प्रिमियम सार्वजनिक गरेको थियो।

यसले यूट्युबमा भिडियो हेर्ने अनुभवलाई अझ अब्बल बनाउने साथै भिडियोहरु डाउनलोड तथा सेभ गर्ने विकल्प पनि उपलब्ध गराउने ९१मोबाइल्सले उल्लेख गरेको छ।

यूट्युब प्रिमियमको सेवा मासिक रुपमा निश्चित रकम तिरेर लिन सकिन्छ।

  • आफ्नो डिभाइसमा यूट्युब डट कम ओपन गरेर यूट्युब प्रिमियम एकाउन्टमा साइन इन गर्ने
  • आफूले डाउनलोड गर्न चाहेको भिडियो सर्च गरेर ओपन गर्ने
  • भिडियोको ठिक तल दिइएको डाउनलोड बटन क्लिक गर्ने
  • डाउनलोड बटन थिच्नेबित्तिकै डिभाइसमा उक्त भिडियो सेभ हुन शुरु हुन्छ भने डाउनलोड पूरा हुनासाथ आइकन नीलो रंगमा परिणत हुन्छ।
  • सेभ गरिएको भिडियोलाई यूट्युबको माथिपट्टिको बायाँतर्फ रहेको मेन्यूमा गएर डाउनलोडभित्रबाट हेर्न सकिन्छ।

फ्री डाउनलोड

  • सबैभन्दा पहिले आफ्नो मोबाइल फोन वा कम्प्युटर/ल्यापटपमा यूट्युब ओपन गरेर डाउनलोड गर्नुपर्ने भिडियोमा जानुहोस्
  • आफ्नो मनपर्ने भिडियो यूट्यूबमा ओपन गरेर त्यहाँ रहेको भिडियो यूआरएल कपी गर्नुहोस्
  • अब आफ्नो डिभाइसमा सेभफ्रम.नेट ओपन गर्नुहोस्
  • त्यसपछि सेभफ्रम.नेटको होमपेजमा सबैभन्दा माथि सर्च बार देखिन्छ। यसमा कपी गरिएको यूट्युब लिंक पेस्ट गर्नुहोस्
  • यूआरएल लिंक पेस्ट भएपछि उक्त भिडियोको थम्बनेल देखिन्छ
  • भिडियो थम्बनेल आएपछि कुन गुणस्तरको भिडियो डाउनलोड गर्ने भन्ने अप्शन आउँछ
  • मोर बटनमा क्लिक गरेर साइडमा डाउनलोड हुने भिडियोको साइज तथा गुणस्तरको लिस्टमा रहेको कुनै अप्शन छान्ने

प्रकाशित: १३ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...