पब्जी गेममा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा…

  • Technology Khabar | १२ असार २०७९, आईतवार
पब्जी गेममा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा…

काठमाडौं ।

विश्वभर पब्जीको क्रेज निकै रहेको छ। नेपाली युवाहरु पनि पब्जी अनलाइन गेममा आकर्षित हुँदै आएका छन्। जसले गर्दा समय समयमा विभिन्न घटनाहरु समेत घटिरहेका छन्।

पब्जीकै कारण नेपालमा नै एक जना युवाले आफ्नै साथीलाई गोली हानेका छन्।

मधेश प्रदेशअन्तरगत सिरहा जिल्लाको लहानमा गोली लागेर एक युवक घाइते भएका छन्। आफ्नै साथीले चलाएको पेस्तोलबाट निस्केको गोली पेटमा लाग्दा लाहान नगरपालिका-२२ बेलहीका करिब १८ वर्षीय दिलिप मुखिया घाइते भएको न्यून अफ नेपाल डटकमले उल्लेख गरेको छ।

मुखियाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि धरान पठाएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

उनीहरू स्थानीय नवीन चौधरीको घरको माथिल्लो तल्लामा बसेर मोबाइलमा पब्जी गेम खेलिरहेका थिए। यही बेला १९ वर्षीय सुरज मुखियासँग भएको पेस्तोल लिएर १५ वर्षीय शुशान्त चौधरीले ख्यालठट्टामा गोली चलाउँदा मुखियाको पेटमा लागेको प्रहरीले जनाएको छ।

पब्जी खेलिरहेका उनीहरू पब्जीमा जस्तै गोली चलाउँदा कस्तो हुन्छ भन्दै गोली चलाउँदा मुखियाको पेटमा लागेको बताइएको छ।

प्रकाशित: १२ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

60 cameras installed for tiger counting go missing

  • Technology Khabar
  • १२ असार २०७९, आईतवार