
काठमाडौं ।
भिभो, एक अग्रणी स्मार्टफोन ब्रान्डले आज प्रिमियम डिजाइन, स्मुद अनुभव, उत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट क्यामरा विशेषता भएको वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । वाई सिरिज अन्तर्गतको यूवाउन्मूखी अत्याधुनिक वाई५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ ।
यो एकसाथ धेरै एपहरु प्रयोय गर्दा पनि स्मुद अनुभव सुनिश्चित गर्न ८जीबी प्लस ४जीबी एक्सटेन्डेड र्याम २.० को साथ आउँछ । यसको साथै ४४ वाट फ्ल्यासचार्जले यसलाई फैशनेबल र टेक सेभी प्रयोगकर्ताहरुका लागि प्रचुर विशेषताहरुले भरिपूर्ण स्मार्टफोन बनाउँछ ।
वाई५५ले भिभोको उल्लेखनीय नवीन डिजाइन र प्रविधि समावेश गर्दछ, जसले उपभोक्ताहरूलाई १२८जीबी ठूलो मेमोरी (जसलाई १टीबीसम्म बढाउन सकिने) क्षमता र ५००० एमएएच ब्याट्रीका साथ शक्तिशाली प्रदर्शनमार्फत आफ्नो व्यक्तित्व झल्काउने क्षमता प्रदान गर्दछ। यस स्मार्टफोनलाई ५० एमपी एचडी रियर क्यामरा मोड्युलले अझ आकर्षक बनाएको छ । सामाजिक संजाल र वास्तविक जीवनमा अप्टुडेट रहन नवीन विशेषताहरूसहित पावर–प्याक उपकरण खोज्ने यूवा प्रयोगकर्ताहरुको जीवनशैली अनुरुप वाई५५ लाई रणनीतिक रूपमा डिजाइन गरिएको छ।
भिभो नेपालका सीईओ माइकलले भने, “हामीले वाई सिरिजका मोडेलहरूमा उपभोक्ताको प्रतिक्रिया लिएका छौं र उनीहरूको दैनिक जीवनशैलीलाई सुहाँउदो स्टाइल र कार्यसम्पादनको सहज अभिसरण गर्दै वाई५५ मा विचारशील र प्रभावकारी सुधारहरू गरेका छौं। एक्सटेन्डेड र्याम २.०, ठूलो मेमोरी, उत्कृष्ट प्रोसेसर र आकर्षक डिजाइनले यसलाई बजारमा एक योग्य स्मार्टफोन बनाएको छ। यो उपकरणले युवा पुस्ताको बानी, प्राथमिकता र आकांक्षाहरूबारे भिभोको गहिरो बुझाइलाई दृढतापूर्वक प्रतिबिम्बित गर्छ र हाम्रा प्रयोगकर्ताहरूको जीवनमा उत्कृष्ट अनुभव र सन्तुष्टि प्रदान गर्ने हाम्रो प्रयासलाई झल्काउँछ ।”
सिर्जना गर्न, प्रकट गर्न र अभिव्यक्त गर्न बहुउपयोगी क्यामरा अनुभव
उच्चस्तरीय फोटोग्राफी र भिडियोग्राफी अनुभवको लागि वाई५५ मा ५०एमपी एचडी रियर क्यामेरा रहेको छ। १६एमपी फ्रन्ट क्यामेराका साथ, वाई५५ बाट भिभोको एडभान्स पोट्र्रेट एल्गोरिदमद्वारा आकर्षक सेल्फीहरु पनि खिच्न सकिन्छ । सुपर नाइट सेल्फी नोइज घटाउने एल्गोरिदम, प्राकृतिक पोट्र्रेट एल्गोरिदम र औरा स्क्रिन लाइटले कम प्रकाशमा सेल्फ– पोट्र्रेटहरु सुधार गर्दछ । सेल्फी क्यामेराले अनुहारलाई प्राकृतिक रूपमा चमकिलो बनाउँछ र वास्तविक समयमा उज्यालो प्रभावको पूर्वावलोकनलाई समर्थन गर्दछ । यसबाहेक, सफ्ट लाइट बढाउन र वार्म लाइटमा अनुहारलाई चमकिलो बनाउन औरा स्क्रिन लाइटलाई म्यानुअल रूपमा सक्रिय गर्न सकिन्छ जसले वरपरको प्रकाशको सन्तुलनलाई स्वचालित रूपमा अनुकूलन र समायोजन गर्दछ ।
वाई५५ मा अल्ट्रा स्टेबल भिडियो सुविधा छ जसले स्मुद, स्टिडी र स्थिर भिडियो खिच्नको लागि ह्यान्ड–होल्ड शटहरूमा क्यामेरा शेक हटाउन फ्रेमलाई इलेक्ट्रोनिक रूपमा समायोजन गर्दछ । यस स्मार्टफोनमा उत्कृष्ट क्यामेरा अनुभवका लागि मल्टि फेम डिनोइजिंग एल्गोरिदम, स्टाइलिश नाइट फिल्टरहरू, फन सट, एआई फेस ब्यूटी र डबल एक्सपोजर लगायतका विशेषताहरु पनि छन् ।
जुन कुनै समय, जहाँ कहिँ स्विफ्ट प्रदर्शन र मनोरन्जन वाई५५ मा ८जीबी र्याम (जसमा ४जीबी भर्चुअल र्याम थप्ने सकिन्छ) र १२८जीबी रोम (जसलाई १ टिबीसम्म बढाउन सकिन्छ) रहेको छ । यसमा ५००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ जसले स्मार्टफोनलाई छिटो पावर अप गर्न, विशाल ब्याट्री क्षमताको पूर्ण उपयोग गर्न र कुशल ऊर्जा व्यवस्थापनको आनन्द लिन मद्दत गर्छ । वाई५५ मा शक्तिशाली क्वालकम स्न्याड्रेगन ६८० प्रोसेसर छ जसले कम पावर खपत गर्छ र एप्लिकेसन र गेमहरूको लागि स्मुद र स्थिर प्रदर्शन प्रदान गर्दछ । यसको साथै, वाई५५मा रचनात्मक अनुभवको लागि अल्ट्रा गेम मोड २.०, मल्टि–ट्युबो ५.५, अडियो सुपर रिजोल्युसन, सुपर सिस्टम प्रोसेस, नानो म्युजिक प्लेयर, र एन्ड्रोइड १२÷फन टच ओएस १२ छन्।
प्रभावशाली प्रदर्शन र परिष्कृत डिजाइन
वाई५५ ले आधुनिक डिजाइन र चम्किलो रङहरूका साथ लक्जरीलाई पुनःपरिभाषित गर्दछ जुन नयाँ पुस्ताका परिवर्तनशिल जीवनशैलिसंग मिल्छ । प्रिमियम डेकोरेटिभ रिङ भएको थ्रीडी आकारका साथ यो उपकरण अन्यभन्दा उत्कृष्ट छ । यो स्मार्टफोन अत्यन्तै हल्का वजनको छ । यसको थ्रीडी प्लास्टिक सिटले एक स्मुद र आरामदायी फिनिश प्रदान गर्दछ जसबाट प्रिमियम अनुभूति लिन सकिन्छ। वाई५५ को ६.४४ इन्च एफएचडी प्लस एमोलेड डिस्प्लेले उत्कृष्ट भ्यूइंग अनुभव प्रदान गर्दछ । साथै, यसमा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ सुविधा छ र डिस्प्लेमा हल्का टच गरेर फोनलाई सहजै अनलक गर्न सकिन्छ।
वाई५५ दुईवटा आर्कषक रंग– मिडनाइट ग्यालेक्सी र आइस डन कलरमा उपलब्ध छ। नेपाली बजारमा यस स्मार्टफोनको मूल्य रु. ३३ हजार ९९९ रुपैयाँ रहेको छ भने ग्राहकहरुले देशभरका रिटेल र इकर्मश साइटबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: १२ असार २०७९, आईतवार