नदीमा खसेको दश महिनापछि भेटियो आईफोन एक्सआर, चार्ज र प्रयोगमा देखिएन समस्या

  • Technology Khabar | १२ असार २०७९, आईतवार
नदीमा खसेको दश महिनापछि भेटियो आईफोन एक्सआर, चार्ज र प्रयोगमा देखिएन समस्या

काठमाडौं ।

एप्पलको आईफोन खरिद गर्ने बारेमा सबैको फरक-फरक माग र आवश्यकताहरू हुन्छन्। आईफोनको सन्दर्भमा पनि सबैको मन फरक हुन्छ। कसैलाई क्यामराको कारणले र कसैलाई निर्माण गुणस्तर र डिजाइनको कारणले ब्रान्डको फोन मनपर्छ। कतिले भने यसको ससक्तता वा स्ट्रङनेसका कारण किन्ने गर्दछन्।

एप्पल आफैँले पनि आईफोन स्ट्रङ शिल्डबाट बनाईने दाबी गरेको छ, जुन छिट्टै टुट्ने वा बिग्रने हुँदैन। हालैको एउटा घटनाले पनि आईफोन कति बलियो र ‘लङ्ग लाइफ’सहितको हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

नदीबाट निकालेपछि अन गरियो

घटना बेलायतको हो जब त्यहाँका एक व्यक्तिले १० महिनाअघि नदीमा खसेको आइफोन फेला पारेका थिए। अचम्मको कुरा, फोन अन मात्र भएन, चार्ज गर्दा पनि सामान्य आईफोन जस्तै चार्ज हुन थाल्यो । अर्थात् १० महिना पानीमुनि बस्दा पनि फोनलाई केही बिगार गरेन। यो नयाँ आईफोन जस्तै काम गरिरहेको थियो।

अगस्ट २०२१ मा खसेको थियो आईफोन

मिडिया रिपोर्टहरुकाअनुसार जून महिनाको सुरुमा, बेलायती मिगुएल पाचेकोले क्यानोइङ गर्दा, गत वर्ष अगस्टमा कसैले नदीमा फ्याँकेको आइफोन फेला पारेका थिए। फोन अन हुनेछ भनेर उनले सोचेका थिएनन् तर अचम्मको कुरा यसले काम गरिरहेको थियो।

सफा गरेपछि चार्ज पनि हुन थाल्यो

फोनको कार्यसम्पादन जाँच गर्न मिगुएलले पहिले एयर कम्प्रेसर प्रयोग गरी यसलाई सुकाएर चार्ज गरे, त्यसपछि स्मार्टफोन चार्ज हुन थाल्यो। मिगुएलले थाहा पाए कि सो आईफोन डेभिस नामक व्यक्तिको हो।

सामाजिक सञ्जालमा भाइरल

मिगुएलले फोनको मालिक फेला पार्ने आशामा फोटो सोशल मिडियामा पोस्ट गरेका थिए। फोनको तस्बिर ४,००० भन्दा बढी पटक सेयर भएपछि डेभिसका साथीहरूले आईफोन चिनेका थिए। जसले गर्दा १० महिनादेखि नदिमा झरेको आईफोन मालिकलाई फिर्ता गरियो।

मिगुएलले सेयर गरेको तस्विरबाट यो आईफोन एक्सआर हो भन्ने देखिएको छ। यो आईफोन आईपी ६७ रेटिङको साथ आउँदछ, जसले पानीको गहिराइलाई पनि सामना गर्न सक्छ।

प्रकाशित: १२ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार