अपाङ्गगता भएका महिला तथा पुरुषलाई उद्यमशिल बनाउन सूचना प्रविधि सम्बन्धि तालिम

  • Technology Khabar | १२ असार २०७९, आईतवार

काठमाडौं ।

महिला उद्यमी महांसघ नेपालले अपाङ्गगता भएका महिलाहरुलाई उद्यमशिल बनाउन सूचना तथा संचार प्रविधिको तालिम प्रदान गरेको छ।

महासंघले असार ११ गते शनिबारका दिन नयाँ बानेश्वर स्थित आनन्द भूमी इभेन्ट्समा काठमाडौ जिल्ला भित्रका अपाङ्गगता (आगलागीबाट जलेका, दृष्टी विहिन, श्रवण शक्तिमा कमजोर आदि) भएका २९ जना महिला र पुरुषहरुलाई उद्यमशिल बनाउनका लागि सूचना प्रविधिको आधारभूत तालिम दिएको हो।

सो तालिमले उद्यमशिलता विकासमा थप नेतृत्व गर्न सक्ने बनाउने उद्धेश्य रहेको छ। तालिमलाई श्रोत व्यक्तिको रुपमा नेपाल इन्टरनेट फाउण्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले सहजिकरण गरेका थिए ।

सो तालिमका लागि जेठ ६ गते पाटन दरबार क्षेत्रमा एक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। “शान्ति र सदभावका लागि संगित” नामक सांस्कृतिक कार्यक्रम सुकर्म व्याण्डसगँको सहकार्यमा आयोजना गरिएको थियो । सो कार्यक्रमको मुख्य उद्देश्य अपाङ्गगता भएका महिलाहरुलाई उद्यमशिलता विकासमा सहयोग पुर्याउनका लागि कोष संकलन गर्ने रहेको थियो ।

प्रकाशित: १२ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया