काठमाडौं ।
चीनको लिथियम आयन ब्याट्री निर्माता कम्पनी सीएटीएलले नयाँ ब्याट्री बनाएको छ।
कम्पनीले सिंगल चार्जमा १००० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने ब्याट्री तयार गरेको ब्लूमबर्गले उल्लेख गरेको छ।
इलेक्ट्रिक कारको ब्याट्री बनाउनका लागि सीएटीएल चर्चित छ।
यो सेल टु प्याक तेस्रो जेनेरेसनको ब्याट्री हो। कम्पनीले यस ब्याट्रीको नाम ‘किलिन’ राखेको छ। यो ब्याट्रीले उपयोग क्षमता ७२ प्रतिशत वा २२५ वाट आवर प्रति किलोग्राम इनर्जी जेनेरेट गर्छ।
कम्पनीले यस ब्याट्रीको व्यवसायिक उत्पादन शुरु गरिसकेको छ भने सन् २०२३ देखि बजारमा उपलब्ध हुनेछ।
अन्य कम्पनीको ब्याट्रीको तुलनामा किलिन ब्याट्री तीव्र गतिमा चार्ज हुने कम्पनीको दावी छ। यसका साथै यो सुरक्षित र धेरै समय टिक्ने दावी पनि गरिएको छ।
प्रकाशित: १२ असार २०७९, आईतवार