लिलामीमा राखिएको चन्द्रमाको धुलो र साङ्ला फिर्ता गर्न नासाको अनुरोध

  • Technology Khabar | १२ असार २०७९, आईतवार

काठमाडौं ।

एउटा लिलामी घरले चन्द्रमाबाट ल्याईएको धूलो/माटो लिलामी गर्दैछ। यसलाई सन् १९६९ मा अपोलो ११ मिसनका अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा ल्याएका थिए। धूलो/माटोको विशेषता यो थियो कि यसलाई साङ्लोलाई पनि खुवाइयो र पछि तिनीहरूको पेटबाट निकालिएको थियो।

पछिल्लो जानकारीअनुसार अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बोस्टनस्थित आरआर अक्सनलाई यो लिलामी रोक्न भनेको छ र अब चन्द्रमाबाट ल्याइएको धुलोको लिलामी गर्न सक्ने छैन। अमेरिकाको राष्ट्रिय वैज्ञानिक तथा अन्तरिक्ष प्रशासन (नासा) ले आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता मागेको छ।

नासाको कदमले पाँच लाख डलरमा बिक्री हुन लागेको ४० ग्राम माटो र तीनओटा मरेका साङ्ला बेचिनबाट जोगिएका छन्।

अन्तरिक्ष एजेन्सीले आरआर अक्सनलाई सन् १९६९ को अपोलो ११ मिसनमा सङ्कलन गरिएको चन्द्रमाको धुलो र तीनवटा साङ्लाको बिक्री रोक्न तथा तत्काल ती फिर्ता गर्न माग गरेको हो। चन्द्रमाको चट्टानबाट सङ्कलन गरिएको माटोले मानिसहरुबाट पृथ्वीमा रहेका अन्य स्थलचरमा प्रभाव पर्नेनपर्ने अनुसन्धान गर्न त्यो माटो ती साङ्लालाई ख्वाइएको थियो।

नासाका एक वकिलले लिलामी घरलाई लेखेको पत्रमा यो अझै पनि सरकारको स्वामित्वमा रहेको बताएका छन् । यसै क्रममा आरआर अक्सनले प्रयोगका लागि ल्याइएको धुलोको मात्रा करिब ४० मिलिग्राम रहेको र तीनओटा मरेका साङ्लो कम्तीमा ४ लाख डलरमा बिक्री हुने अनुमान गरिएको छ। तर अहिले सो अक्सन रोकिएको छ।

सो चालीस मिलिग्राम चन्द्रमाको माटो र तीनवटा मरेका साङ्ला रहेको शिशी सङ्घीय सरकारको स्वामित्वमा रहेको सम्झाउँदै फिर्ता गर्न भनेका हुन्।

अपोलो ११ मिसनले २१.३ किलोग्रामभन्दा बढी चन्द्रमाको चट्टान पृथ्वीमा ल्याएको थियो । उक्त चट्टानलाई धुल्याएर कीरा, माछा, साङ्लालगायत जीवहरुलाई खुवाइएको थियो। चट्टानको धुलो विषाक्त भएनभएको निर्क्योल गर्न तिनलाई त्यो खुवाइएको थियो ।

यस माटोलाई खुवाउने साङ्लाहरू मिनेसोटा विश्वविद्यालयमा ल्याइयो र मेरियन ब्रूक्सले ती साङ्लाहरूको अध्ययन गरिन्। चन्द्रमाको माटो विषाक्त नभएको उनले पुष्टि गरेकी थिइन्। मेरियन ब्रुक्सको सन् २००७ मा मृत्यु भयो।

उनको अनुसन्धानपछि चन्द्रमाको चट्टान र साङ्लोलाई कहिल्यै नासामा फर्काइएन। यी ब्रुक्सको घरमा प्रदर्शनमा राखिएको थियो। ब्रुक्सकी छोरीले त्यसलाई सन् २०१० मा बेचिन् र तिनीहरू हाल आरआर लिलामीद्वारा लिलामी भइरहेको थियो।

प्रकाशित: १२ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार