
काठमाडौं ।
विगत केही महिनादेखि विद्युतीय सवारीसाधनमा आगलागीका घटना सार्वजनिक भइरहेका छन् । यस्ता धेरै घटनाहरू पनि सार्वजनिक भएका छन् जसमा पसल वा ई-भेहिकलका शोरूममा आगलागी भएको छ। अब यस्तै अर्को घटनामा ओकिनावा गाडीको शोरुममा आगलागी भएको छ।
यो घटना भारतको मंगलुरुको नागोरीमा सार्वजनिक भएको छ जहाँ ओकिनावा डिलरसिपमा आगलागी हुँदा पूरै शोरुम जलेर नष्ट भएको छ। सौभाग्यवश यसमा कसैको ज्यान गएको छैन तर शोरुम पूर्ण रुपमा जलेको छ ।
भारतीय मिडियाहरुकाअनुसार ओकिनावाको शोरुममा आगलागी भएको यो दोस्रो घटना हो। यसअघि तमिलनाडुमा कम्पनीको शोरुममा आगलागी भएको थियो। आगलागी हुँदा घटनाको कारण सर्ट सर्किट भएको बताइएको छ।
ओकिनावाको मंगलुरु शोरुममा आगलागीको कारण भने खुल्न सकेको छैन। शोरुममा आगलागी भएको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा शोरुममा धुवाँ निस्किरहेको छ । शोरुमको भवनबाट ठूलो धुवाँको मुस्लो निस्किएको देख्न सकिन्छ।
ओकिनावा इलेक्ट्रिक भेहिकल शोरुममा भएको आगलागीबारे पनि कम्पनीले टिप्पणी गरेको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै कम्पनीको शोरुममा आगलागी भएको जानकारी प्राप्त गरेको जनाएको छ। कम्पनीका अनुसार डिलरलाई सोध्दा सर्ट सर्किटका कारण आगलागी भएको हो। कम्पनीले डिलरसिपसँग सम्पर्कमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। ‘सुरक्षा कम्पनीको उच्च प्राथमिकता हो, जसले देश भरका कम्पनीका सबै डिलरशिपहरूले सुरक्षाको पूर्ण ख्याल राख्छन्,’ओकिनावाले भनेको छ।
हालैमात्र भारतमा टाटा नेक्सन ईभीमा आगो लागेको घट्ना सार्वजनिक भएको थियो।
प्रकाशित: १२ असार २०७९, आईतवार