
काठमाडौं ।
बिटक्वाइनको मूल्य हाल न्यून स्तरमा पुगे पनि अबको केही महिनामा यो हालसम्मकै उच्च अर्थात् ७० हजार अमेरिकी डलरमा पुग्न सक्ने बजार विज्ञहरू बताउँछन्। यति मात्र होइन, बिटक्वाइनको मूल्य आगामी २ वर्षसम्म यही स्तरमा रहन सक्नेछ।
क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका सीईओले हालै द गार्जियनसँगको अन्तर्वार्तामा बिटक्वाइनको बारेमा भविष्यवाणी गरेका थिए। चाङपेङ झाओले बिटक्वाइनको भविष्यका बारेमा राम्रो संकेत दिँदै बिटक्वाइनको मूल्य आगामी केही महिनामा अहिलेसम्मकै उच्च बिन्दूमा पुग्ने बताएका हुन्। उनकाअनुसार आगामी दुई वर्षसम्म यसले ७० हजार डलरको स्तरमा व्यापार जारी राख्नेछ।
“मलाई लाग्छ ६८ हजारबाट २० हजार डलरसम्म झरेसँगै रिकभर हुन लामो समय लाग्ने छ,” झाओले भने, “यसमा केही महिना वा केही वर्ष पनि लाग्न सक्छ।” साथै उनले भविष्यका बारेमा पनि यकिन भन्न नसकिने बताए ।
बिटक्वाइनको हालको मूल्य (बिटक्वाइनको पछिल्लो मूल्य)को कुरा गर्दा ५ प्रतिशतले बढेको छ। अघिल्लो दिन बिटक्वाइनको मूल्य २० हजार डलरभन्दा तल झरेर १७ हजारdf डलर पुगेको थियो । यो गिरावटसंगै, यो डिसेम्बर २०१७ को स्तर मा झर्यो। क्रिप्टो लगानीकर्ताहरूले यो थप धेरै तल जाने आशा गरेका छैनन्।
डिसेम्बर २०१७ मा बिटक्वाइनको मूल्य १९,७८३ को उच्चस्तरमा पुगेको थियो। त्यस पछि २०१८ मा, जब बजार घट्यो, यो ३ हजारको स्तरमा झर्यो। त्यसपछि डिसेम्बर २०२० मा यो फेरि २० हजार डलरको उच्च स्तरमा पुग्यो। अर्थात्, बिटक्वाइनलाई उच्चतम स्तरमा पुग्न ३ वर्ष लाग्यो। यदि यो प्रवृतिलाई आधार मान्ने हो भने, बिटक्वाइनले ७०,००० को सर्वकालीन उच्च प्राप्त गर्न लगभग तीन वर्ष लाग्न सक्छ।
चाङपेङ झाओले भने, “हामीलाई २० हजार डलरको स्तर एकदमै कम छ भन्ने लाग्छ। तर सन् २०१८, २०१९ मा मानिसहरूलाई २०२२ मा बिटक्वाइन २० हजार डलरमा हुनेछ भनिएको भए उनीहरू धेरै खुसी हुने थिए।” त्यतिबेला बिटक्वाइन ३ हजारदेखि ६ हजार डलरको स्तरमा कारोबार गरिरहेको थियो ।
प्रकाशित: ११ असार २०७९, शनिबार