
काठमाडौं ।
मोटर उद्योगको विशाल कम्पनी टोयोटाले आफ्नो पहिलो मास प्रोडक्सन उत्पादन भएको २,७०० सबै विद्युतीय सवारी (अल इलेक्ट्रिक भेहिकल) का पाङ्ग्राहरू खस्न सक्ने चिन्ताका कारण गाडी रिकल गरेको छ।
बीबीसीकाअनुसार टोयोटाको इलेक्ट्रिक भेहिकल बीजेड४एक्सका पाङ्ग्राहरू गुड्दागुड्दै गाडीबाट छुट्टिन सक्ने बताईएको छ।
बीजेड४एक्सका पाङ्ग्रामा राखिएका बोल्टहरू “कम माइलेज प्रयोग” गर्ने किसिमका हालिएका र ती गाडीबाट अलग हुन सक्ने कम्पनीका एक प्रवक्ताले जानकारी दिएको बीबीसीले बताएको छ।
यो रिकल टोयोटाको कार जापानमा लन्च भएको दुई महिना नबित्दै आएको हो।
कार निर्माता सुबारुले पनि सोही कारणले टोयोटासँग विकास गरेका ४०३ विद्युतीय कार फिर्ता बोलाउने बताएको छ।
शुक्रबार, टोयोटाले एक विज्ञप्तिमा उसले अमेरिका, युरोप, क्यानडा र जापानमा २,७०० बीजेड४एक्स (bZ4X) एसयूभीको लागि सेफ्टी रिकल जारी गरेको जनाएको छ।
“यदि सवारी चलाउँदा गाडीबाट पाङ्ग्रा छुट्यो भने, यसले गाडीको नियन्त्रण गुमाउन सक्छ, दुर्घटनाको जोखिम बढाउँछ,” एक प्रवक्ताले भने, ‘गाडीको उपचार नभएसम्म कसैले पनि यस्ता सवारी साधन चलाउन हुँदैन्,’ उनीहरुले भने।
टोयोटाका प्रवक्ताले कम्पनीले कतिओटा गाडी उत्पादन गरेको भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गरेका छन्।
टोयोटाले बिहीबार जापानी सुरक्षा नियामकहरूलाई सो कमजोरीको बारेमा सूचित गरेको र इस्यूको कारणहरु “अझै अनुसन्धानमा” रहेको बताएको छ।
लुज बोल्टको चिन्ताले गर्दा अर्को जापानी कार निर्माता, सुबारुले पनि टोयोटासँग संयुक्तरूपमा विकास गरिएको सोल्टेराको ४०३ कार फिर्ता गरिरहेको बताएको छ।
टेस्ला जस्ता प्रतिद्वन्द्वी उत्पादकहरूको तुलनामा, टोयोटालाई विद्युतीय सवारीको बजारमा ढिलो आगमनकर्ताको रूपमा हेरिएको छ।
यसले गत महिना जापानमा बीजेड४एक्स लन्च गरेको थियो। टोयोटाले यस वर्षको सुरुमा “रिसेड्यूल ब्याट्री कार्यसम्पादन, मर्मतसम्भार र रिसेड्यूल मूल्यको बारेमा ग्राहकहरूको चिन्ता हटाउनको लागि” कार भाडामा मात्र उपलब्ध गराएको थियो।
यस हप्ता, कम्पनीले कम्प्यूटर चिप्सको अभाव र महामारीको कारणले आपूर्ति अवरोधका कारण अर्को महिना उत्पादन गर्ने योजनामा गाडीहरूको संख्या ५० हजार यूनिटले कटौती गर्ने बताएको छ।
प्रकाशित: ११ असार २०७९, शनिबार