काठमाडौंका यी आठ स्थानहरुमा टेलिफोन लाइन अवरूद्ध

  • Technology Khabar | ११ असार २०७९, शनिबार
काठमाडौंका यी आठ स्थानहरुमा टेलिफोन लाइन अवरूद्ध

काठमाडौं ।

काठमाडौंका विभिन्न स्थानहरुमा टेलिफोन लाइन अवरूद्ध भएको छ ।
दूरसञ्चार कार्यालय सुन्धाराबाट बितरण भएका आठ स्थानहरुमा टेलिफोन लाइन अवरूद्ध भएको हो।

धरहराको कम्पाउन्ड वाल निर्माणका क्रममा स्काभेटरले खन्दा केबलमा क्षति भई टेलिफाइन लाइनहरू अवरूद्ध भएको टेलिकमको प्रादेशिक निर्देशनालयले जनाएको छ।

प्रादेशिक निर्देशनालय काठमाडौंले शनिवार एक सूचना जारी गर्दै वसन्तपुर, ढोकाटोल, यट्खा, नरदेवी, टेंगल, भूरुङखेल, क्षेत्रपाटी, ठहिटीमा टेलिफोन लाइन अवरूद्ध भएको जानकारी दिएको छ।

कम्पनीकाअनुसार १६–१९, ३३, ३४, ४४, ६६, ७६, ७८, १५०–१५९ नम्बरका क्याबिनेटहरुमा यसले असर पारेको छ।

उक्त टेलिफोन लाइनहरु मर्मतको कार्य भइरहेको उल्लेख गरेको छ।

प्रकाशित: ११ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...